logo

झन्डै २८ अंकले घट्यो नेप्से

    691   पटक पढिएको

२९ साउन/अर्थ र व्यापार – साताको कारोबारको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २७.९२ अंकले घटेको छ । आइतबार कारोबार सुरु भएको पहिलो घण्टाबाट नै घट्न सुरु गरेको बजार २०१०.०१ बिन्दुमा पुगेर बन्द भयो ।
नेप्से घटेसँगै ठूला कम्पनीको कारोबार देखाउने सेन्सेटिभ इन्डेक्स पनि ४.७६ अंकले घटेर ३८६.९० बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दा समग्र बजार नै राताम्मे देखिएको छ ।
आज १३ वटै उपसमूहका सूचक राताम्मे बनेका छन् । सर्वाधिक म्यानुफ्याक्चर एन्ड प्रोडक्सन समूहको शेयर ३ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
आज कारोबार भएका २२७ कम्पनीमध्ये १८ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १६२ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आइतबार ४५ लाख ५९ हजारभन्दा बढी कित्ता शेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैयाँमा किनबेच भयो ।
बजार घटे पनि आज अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतले बढेर प्रतिकित्ता १५४ रुपैयाँ कायम हुन पुग्यो । यस्तै, सर्वाधिक गुमाउनेमा गुँरास लघुवित्त र हिमालयन डिस्टिलरी रहेका छन् । यी कम्पनीको शेयरमूल्य क्रमशः ७.०९ र ६.१० रुपैयाँले घटेर प्रतिकित्ता १०७४ रुपैयाँ र ३५२६ रुपैयाँ कायम भएको छ ।
आइतबारको नेप्से चार्टअनुसार हिमालयन डिस्टिलरीको शेयरमूल्य घटे पनि सर्वाधिक शेयर कारोबार भएको देखिन्छ । आज कम्पनीको १६ करोड ५३ लाख ९६ हजार रुपैयाँबराबारको शेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।