logo

सान्जेन जलविद्युत कम्पनीको साढे ३६ करोडको आईपीओ ५ भदौबाट

    728   पटक पढिएको

२४ साउन/ अर्थ र व्यपार – सान्जेन जलविद्युत कम्पनीले आगामी ५ भदौदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितहरुका लागि ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
आईपिओमा छिटोमा आगामी १९ भदौसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा आगामी ४ असोजसम्म आवेदन दिन सकिने छ ।
बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका –५ चिलिमे (साविक चिलिमे गाविस), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका – ४ गोल्जुङ (साविक गोल्जुङ गाविस), सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु –१,२,३ (साविक गत्लाङ गाविस र हाक गाविस) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओका लागि आवेदन दिन सक्ने छन् ।
यो आईपिओमा न्यूनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि आवेदन दिन सकिने सो कम्पनीले जनाएको छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक तथा सनराइज र एनएमबी क्यापिटल सह बिक्री प्रबन्धक रहेका छन् ।
सो कम्पनीले यसअघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । सान्जेनले ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजना निर्माणको काम गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।