logo

सेयर बजारमा ओरालो यात्रा कायमै, नेप्से परिसूचक ३४.७१ अंकले घटयो

    974   पटक पढिएको

२४ असार /अर्थ र व्यापार – सेयर बजारमा ओरालो यात्रा कायमैरहेको छ । शुक्रबार पनि सेयर बजार राताम्मे देखिएको छ । ओरालो यात्रा तय गरिरहेको बजारमा आज नेप्से परिसूचक ३४.७१ अंकले घटेर १९९२ .६१ बिन्दुमा पुगेको छ ।
यो एक साताको तुलनामा न्यूनतम बिन्दु हो भने अघिल्लो दिनको तुलनामा १.७१ प्रतिशतले घटी हो । शुक्रबारको बजारमा दुई घण्टा मात्रै सेयर कारोबार खुल्ने गरेको छ । यो अवधिमा कूल १ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
जसमध्ये सबैभन्दा बढी शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ५५ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १९३.०७ बिन्दुमा झरको छ ।
सबैभन्दा बढी प्रतिशतले गुमाउनेमा हिमालय उर्जा विकास कम्पनीका सेयरधनी रहेका छन् । कम्पनीको सेयर मूल्य एकैदिन ५.४४ प्रतिशतले घटेर प्रतिकित्ता २२६ रुपैयाँमा झरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।