logo

सेयर कारोबारमा पहिरो,नेप्से परिसूचक ४५.२५ अंकले घट्यो

लगानीकर्ता थप घाटा बेहोर्नुभन्दा भएको बेच्दै उम्किने दाउमा

    802   पटक पढिएको

९ असार/अर्थ र व्यापार – सेयर बजारमा पहिरो गएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४५.२५ अंकले ओरालो लागेर पहिरो गएको हो ।
बिहीबार बिहान कारोबार समयदेखि नै ओरालो लाग्न सुरु गरेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा उच्च अंकले घटेको छ । बिहीबार दिनभर २ सय ३७ कम्पनीका ५० लाख ८ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ पुगेको हो ।
बिहीबार समुहगत सुचक हेर्दा सबै समुहका परिसुचक ओरालो लागेपनि सबैभन्दा बढी गिरावट भने निर्जीवन र जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १४३ अंकले घट्दा निर्जीवन बीमा समुहको परिसुचक २१८ अंकले ओरालो लागेको छ ।
यसैगरि, आज जलविद्युत समुहको परिसुचक ८६, वित्त ४७, विकास बैंक ११९ र लघुवित्त १०९ अंकले घट्दा बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक २१ अंकले ओरालो लागेको छ । आज बजार राताम्य भएपनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
केही दिन अघि एक दिनको वृद्धिपछि सेयर बजारले लगत्तै पछ्याउने गरेको गिरावट बिहीबारको कारोबारमा झन बढी गिरावट देखिएको हो । नेप्से परिसूचक यसरी भारि अंकको गिरावट लिँदै ओर्लिएपछि लगानीकर्ता थप घाटा बेहोर्नुभन्दा भएको बेच्दै उम्किने दाउमा लागेका छन । अहिले लगानीकर्ताबीच जतिसक्दो छिटो थप घाटाबाट बच्न धमाधम आफ्नो सेयर बिक्री गर्न लागिरहेको देखिएको छ । एकैदिन यतिधेरै गिरावट आएपछि अहिले लगानीकर्ता निकै अतालिएका छन ।
हिजो बुधबारको गिरावटलाई पनि मध्यनजर गर्ने हो भने ७६ अंकको संकुचन पछिल्लो दुई कारोबारमा देखिन्छ । तीन दिनदेखि लगातार घटेको सेयर बजारले मंगलबार भने करिब ४० अंकको छलाङ लिएको थियो । तर, खुलेको अर्को दिन मै सेयर बजारले वृद्धिको शतप्रतिशत अंश गुमाएको छ । सोहि गिरावट बिहिबारको बजारले पछ्याएको हो ।
आज तीन वर्षपछि कारोबार सुचारु भएको आँधीखोला लघुवित्तका लगानीकर्ता सर्वाधिक कमाउने मध्येमा परेका छन । लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। पछिल्लो आठ कारोबार दिन देखि प्रमुख सेयर बजार घट्दा समेत लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
बिहिबार सकारात्मक सर्किट लागेको सीवाईसी लघुवित्तका सेयर लगानीकर्ता पनि हुन् । शिवश्री हाइड्रोको सेयर मूल्य भने झन्डै नकारात्मक सर्किटका साथ घटेको छ । बिहिबार सर्वाधिक गुमाएका पनि शिवश्री हाइड्रो कै लगानीकर्ता हुन् । लिबर्टी इनर्जीको सेयर मूल्य पनि झन्डै साढे ९ प्रतिशत घटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।