logo

सेयर बजारमा दोहोरो अंकको गिरावट

    838   पटक पढिएको

२ चैत/अर्थ र व्यापार – साताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १९ दशमलव ६५ अंकले घटेको छ । मंगलबार घटेको सेयरबजारले बुधबार पनि निरन्तरता पाएको हो ।
बुधबार (आज ) बजार दोहोरो अंकले घट्दा नेप्से विन्दु २६ सय ३१ को विन्दुमा पुगेको छ । बजारमा कारोबार भएका सबै समुहमध्ये आज म्युचुअल फण्ड, निर्जीवन बीमा र होटल तथा पर्यटन समुहबाहेकका सबै समुह ओरालो लागेका छन् ।
ओरालो लाग्ने समुहमध्ये सबैभन्दा बढी गिरावट विकास बैंक, अतिरिक्त र जीवन बीमा समुहमा देखिन्छ । यी समुहमा बुधबार क्रमशः ६०, ५७ र ५७ अंकको गिरावट आएको छ ।
आज वित्त समुहको परिसुचकमा २९ अंकको गिरावट आउँदा उत्पादनमुलक समुहको परिसुचकमा ४४ अंकको गिरावट आएको छ । यस्तै आज बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक ११ अंकले ओरालो लाग्दा लघुवित्त समुहको परिसुचक भने ९ अंकले घटेको छ ।
बुधबार दिनभर २ सय ३१ कम्पनीका ४९ लाख ६७ हजार बढी कित्ता किनबेच हुँदा कारोबार रकम २ अर्ब ५७ करोड ४ लाख रुपैयाँमा सिमित भएको नेप्सेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।