logo

कृषि विकास बैंकको २० प्रतिशत बोनस सेयर डिम्याट खातामा जम्मा

    991   पटक पढिएको

१८ फागुन/अर्थ र व्यापार– कृषि विकास बैंक लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको छ । बैंकले २९ पुसमा सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित सो बोनस सेयर वितरण गर्न सूरु गरेको हो । बोनस सेयर फागुन १५ गते बैंकले धितोपत्र दोस्रो बजारमा सूचीकृत समेत गराईसकेको छ । त्यसैले डिम्याट खातामा प्राप्त बोनस शेयर सदस्यहरुले कारोबार गर्न सक्ने सो बैंकले जनाएको छ ।
बैंकले गत १५ पुससम्म सेयर अभौतिकीकरण गराएका सदस्यहरुको डिम्याट खातामा बोनस सेयर जम्मा गरिसकेको जानकारी दिएको हो । त्यसपछि पनि सेयर अभौतिकीकरण गराएका सदस्यहरुको डिम्याट खातामै क्रमश सेयर जम्मा गरिने भनाई पनि सो बैंकको छ । यसर्थ हालसम्म आफ्नो सेयर अभौतिभीकरण नगराएका सदस्यहरुले यथासिघ्र गराई बोनस सेयर सुरक्षित गर्न पनि सो बैंकले आग्रह गरेको जनाएको छ ।
गत १५ पुससम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरुको हकको बोनस सेयर भर्ने सम्बन्धीत कम्पनीकै नाममा रोक्का रहेकाले फुुकुवा भएको खण्डमा सम्बन्धीत कम्पनीमै सम्पर्क राख्न पनि सो बैंकले भनेको छ ।
कम्पनीले यस वर्ष बोनस सेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश समेत दिएकाले सेयरधनीहरुले बोनस सेयरमा लाग्ने कर तिर्नुपर्ने छैन् । यस बैंकको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।