logo

एमसिसी संसदमा टेबल भएसँगै सेयर कारोबार बढ्यो

परिसुचक २५ अंकले बढेर ३ अर्ब नजिक

    1135   पटक पढिएको

९ फागुन/अर्थ र व्यापार– पछिल्लो केहिदिनयता लगातार ओरालो लागिरहेको नेप्से परिसुचकमा सोमबार हरियाली छाएको छ । आइतबार संसदमा अमेरिकी च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पेश भएसँगै सेयर बजारमा उत्साह देखिएको हो ।
सेयर कारोबार बढेसँगै सोमबार सबै समुहका परिसुचक उकालो लाग्दा नेप्से परिसुचक पनि २५ दशमलव ४१ अंकले बढ्दै २७ सय १८ को विन्दुमा पुगेको छ । नेप्सेका अनुसार सोमबार बजारमा कारोबार भएका १३ समुहमध्ये सबैभन्दा बढी वृद्धि जलविद्युत समुहको परिसुचकमा देखिन्छ ।
सोमबार दिनभर कारोबार हुँदा जलविद्युत समुहको परिसुचक ७२ अंक अर्थात २.२४ प्रतिशतले बढेको हो । यसैगरि, जीवन र निर्जिवन बीमा समुहको परिसुचकमा क्रमशः १९ र ३९ अंकको वृद्धि देखिँदा उत्पादनमुलक समुहको परिसुचकमा भने ६६ अंकको वृद्धि देखिएको छ ।
यता बजारमा धेरै प्रभुत्व भएको बैंकिङ समुहको परिसुचक सोमबार १६ अंकले बढ्दा विकास बैंक समुहको परिसुचक २२ र वित्त समुहको परिसुचक २७ अंकले बढेको हो ।
यस्तै अतिरिक्त समुहको परिसुचकमा २९ अंकको वृद्धि हुँदा लघुवित्त समुहको परिसुचक १२ अंकले उकालो लागेको छ । यस साताको दोस्रो दिन सोमबार दिनभर २ सय २४ कम्पनीका ४९ लाख ९२ हजार ८ सय ७० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।