logo

बैंकहरुको निक्षेप व्याजदर वृद्धिको असर सेयर बजारमा, आज १०० अंकले घट्यो परिसूचक

    936   पटक पढिएको

१ फागुन/अर्थ र व्यापार – सबै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर बढाउन गरेको निणर्यको असर सेयर बजारमा देखिएको छ । जसका कारण साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०० अंकले घट्दा कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
आइतबार १०२ वटा कम्पनीको सेयर कारोबारमा आउँदा १०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । समग्रमा ३.६१ प्रतिशतले घटेको बजारमा परिसूचक १०० दशमलव ६७ अंकले घटेर दुई हजार ७ सय दशमलव ८९ अंकमा झरेको छ ।
आइतबार दोस्रो बजारमा ८१ हजार ८३७ कारोबारमार्फत एक करोड १६ लाख ६१ हजार ५३९ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ९७ करोड ७२ लाख हाराहारी रह्यो । यसैगरि, आइतबार बजारबाट धेरै गुमाउनेमा माथिल्लो तामाकोशी जलविद्युत र नारायाणी विकास बैंकका लगानीकर्ता छन् । यी दुई कम्पनीको सेयर मूल्य आइतबार ८ प्रतिशत भन्दा बढीले घटेको थियो । समग्र बजारमा आइतबार जलविद्युत र लगानी उपसमूहको सेयर पाँच प्रतिशत भन्दा बढीले ओरोलो लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।