logo

सेयर बजारमा उकालो यात्रा जारि , ६३ अंकले बढ्यो नेप्से 

    804   पटक पढिएको

२० पुस/अर्थ र व्यापार– पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । सेयर बजारमा उकालो यात्रा जारि रहेसँगै मंगलबार बजारमा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ । 
जुन अघिल्लो दिनको तुलनामा २.४१ प्रतिशतले बढी हो । मंगलबार दिनभरको कारोबारमा ४ अर्ब ३२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । यसअघि सोमबारको बजारमा भने ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
मंगलबार सबैभन्दा बढी एनबी बैंकको सेयर कारोबार भएको छ । नबिल बैंकसँग मर्जमा जाने हल्लासँगै बैंकको उच्च कारोबार भएको हो । बैंकको एकैदिन १४ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य पनि ७.४० रुपैयाँले बढेर प्रतिकित्ता ४०५.४० रुपैयाँ पुगेको छ ।
त्यस्तै, नबिल बैंकको पनि १३ करोड ९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोश्रो उच्च कारोबार भएको बैंकको सेयर मूल्य भने १८ रुपैयाँले घटेर १११९ रुपैयाँमा झरेको छ ।
मंगलबार ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । जसमध्ये श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य भने १०र१० प्रतिशतले बढेको छ । 
मध्यभोटेकोशी जलविद्युत कम्पनीको ९.९९ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.७२ प्रतिशत र सिन्धु विकास बैंकको सेयर मूल्य ९.४३ प्रतिशतले बढेको छ । बजारमा उत्पादनमूलक र अन्य समूह बाहेक बाँकी समूह हरिया देखिएका छन् । यी दुई समूह क्रमशः ०.५९ र ०.३४ प्रतिशतले घटेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।