logo

लगानीकर्ताको कार्यदलले भेट्यो अर्थमन्त्री 

    826   पटक पढिएको

२८ मंसिर /अर्थ र व्यापार – पुँजी बजार सुद्दृढीकरण बृहत कार्यदलका पदाधिकारीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई भेटेका छन् । लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदलले अर्थमन्त्री शर्मालाई अर्थ मन्त्रालयमा भेट गरी पुँजीबजारको समस्या समाधान गर्नेबारे विभिन्न विषयमा छलफल गरेका हुन् ।
सो कार्यकादलका संयोजक अम्बिकाप्रसाद पौडेलले भेटवार्ताको क्रममा विभिन्न ५ वटा विषयमा छलफल भएको बताए । उनले  पुँजीबजारको वर्तमान अवस्था, सेयरधितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नुपर्ने सुधारका कार्यहरुको बारेमा अर्थमन्त्री सरकात्मक रहेको बताए । 
यसैगरि,अर्थमन्त्रीले आफू पुँजीबजारको दिगो विकास र विस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पुरा गरिने विश्वास दिलाएको  पनि उनले जानकारि दिए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।