logo

२३ कम्पनीको २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत

    946   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार– चालु आर्थिक वर्षमा मात्रै २ अर्ब रुपैयाँ बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डमा २३ वटा कम्पनीको २ अर्ब ८ करोड ११ लाख ३५ हजार ४३१ रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
गत ४ महिना (साउन–कात्तिक) यता सूचीकृत विभिन्न कम्पनीको २ करोड ८ लाख ११ हजार ३५४ कित्ता बोनस सेयर सूचीकृत भएको छ । विभिन्न समूहकमध्ये इन्स्योरेन्स, लघुवित्त, फाइनान्स, हाइड्रो, विकास बैंक र अन्य समूह अन्तर्गतका विभिन्न कम्पनीको सो मात्राको सेयर सूचीकृत भएको हो ।
जसमध्ये अधिकांशको आर्थिक वर्ष २०७६÷७७को र केही हाइड्रोको आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर सूचीकृत भएको हो । त्यसमा पनि अन्य समूह अन्तर्गतको नागरिक लगानी कोषको सबैभन्दा बढी रहेको छ । कोषको २७ लाख कित्ता अर्थात २७ करोड रुपैयाँ बराबरको बोनस सेयर गत साउन २८ गते धितोपत्र बोर्डमा सूचीकृत भएको हो ।
हालसम्म बोनस सेयर सूचीकृत गर्नेमध्ये अधिकांश माइक्रोफाइनान्स समूहका कम्पनी रहेका छन् । ११ वटा माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सूचीकृत गरेका हुन् । बोनस सेयर सूचीकृत गर्नेमा फर्वार्ड माइक्रोफाइनान्स, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, सबैको लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त वित्तीय संस्था, माहुली लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्था रहेका छन् ।
जसमध्ये फर्वार्डको १२ करोड ५१ लाख, नेपाल एग्रोको ८ करोड २१ लाख, मिथिलाको १ करोड ४६ लाख, सबैको लघुवित्तको १ करोड ९५ लाख, नयाँ सारथीको १ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, सूर्योदय लघुवित्तको ३ करोड ३० लाख, स्वावलम्बनको १५ करोड ६ लाख, नेरुडेको ३ करोड ६५ लाख, माहुलीको ३ करोड ७३ लाख, उन्नति सहकार्यको २ करोड ६६ लाख र जनउत्थान सामुदायिक लघुवित्तको ३ करोड ९१ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
त्यसैगरी इन्स्योरेन्स समूहका ५ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् । बोर्डका अनुसार हाससम्ममा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेको र एनएलजी इन्स्योरेन्सले अघिल्लो वर्षको बोनस सेयर सूचीकृत गरेका छन् । जसमा प्रुडेन्सियलको ८ करोड २१ लाख, लुम्बिनी जनरलको ५ करोड ७० लाख, सिद्धार्थ इन्स्योरेन्सको १२ करोड, नेकोको २० करोड ४२ लाख र एनएलजी इन्स्योरेन्सको १० करोड ९६ लाख रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ ।
उता फाइनान्स र विकास बैंक समूहका एक एक वटा कम्पनीको मात्रै बोनस सेयर सूचीकृत भएको छ । फाइनान्स समूहको रिलायन्स फाइनान्सले मात्रै आर्थिक वर्ष २०७६/७७ को बोनस सेयर सूचीकृत भएको छ । फाइनान्सले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत अर्थात ८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा सूचीकृत भएको छ । त्यस्तै, विकास बैंक समूह अन्तर्गतको ग्रीन डेभलपमेन्ट बैंकको १ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा सूचीकृत भएको हो ।
यसैगरि, जलविद्युत समूहका ४ कम्पनी रहेका छन् । जसमध्ये राधी विद्युत् कम्पनीबाहेक बाँकी कम्पनीको आर्थिक वर्ष २०७७/७८ को बोनस सेयर सूचीकृत भइसकेको छ । राधी विद्युत् कम्पनीको भने आर्थिक वर्ष २०७६/७७ को १७ करोड २८ लाख रुपैयाँ बराबरको बोनस सेयर बोर्डमा दर्ता भएको छ ।
त्यसैगरि, गत आर्थिक वर्षको बोनस सेयर सूचीकृत गर्नेमा अपि पावर, सिनर्जी पावर डेभलपमेन्ट र न्यादी ग्रुप पावर रहेका छन् । जसमध्ये अपिको १०.५० प्रतिशत अर्थात २६ करोड २१ लाख रुपैयाँ बराबरको बोनस सेयर रहेको छ । त्यस्तै, सिनर्जी पावरको ७ करोड ३३ लाख रुपैयाँ र न्यादी ग्रुपको ११ करोड ७८ लाख रुपैयाँ बराबरको बोनस सेयर धितोपत्र बोर्डमा सूचीकृत भइसकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।