logo

सेयर कारोबार ११.६० अंकले घट्यो, मौद्रिक नीतिको समिक्षाको पर्खाइमा लगानीकर्ता

    878   पटक पढिएको

५ मंसिर / अर्थ र व्यापार – यो साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्सेमा ११.६० अंकले घटेको छ । यो सँगै नेप्से २७५७.५३ अंकको बिन्दुमा ओर्लिएको छ ।
२२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर किनबेच भएको नेप्सेमा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसैगरी सेन्सेटिभ परिसुचक समेत ३.७५ अंकले घटेर ५१८.२५ अंकको बिन्दुमा झरेको छ ।
लगानीकर्ताहरु चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षाको प्रतिक्षामा रहेकाले बजार बढ्न नसकेको विश्लेषण भइरहेको छ । नेपाल राष्ट्र बैंकले सेयर बजारको सहजताका लागि चाल्ने सकारात्मक भुमिका तथा नीतिगत निर्णयको पर्खाईमा लगानीकर्ताहरु रहेका छन ।
अहिले लगानीकर्ताले मौद्रिकको नीतिको समिक्षा मार्फत मुख्य २ विषयको अपेक्षा गरेका छन । मौद्रिक नीति मार्फत सेयर कर्जामा गरिएको ४–१२ को सिमालाई हटाउने वा दयरा बढाउने र बजारमा तरलता सहज बनाउन लागि राष्ट्र बैंकको सकारात्मक भुमिका लगानीकर्ताहरुले खोजिरहेका छन ।
समूहगत उपसुचक तर्फ आइतबार जलविद्युत समूह र उत्पादन तथा प्रसोधन समूह बाहेकका समूहको कारोबारमा ऋणात्मक रहेको छ । 
यसैगरि, आइतबार जलविद्युत समूहको सेयर कारोबार १३ अंक र उत्पादन समूहको सुचाङ्क करिब ९६ अंकले बढेको छ । त्यसैगरी, सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको ६४.१६ अंक, व्यापार समूहको ५८.५४ अंक र होटल तथा पर्यटन समूहको ५०.८८ अंकले कारोबारमा गिरावट महसुस गरिएको छ । 
अन्य समूहको सुचाङ्क ३८.८८ अंकले घटेको छ भने बाँकी समूहको सुचाङ्क समान्य अंकले घटेका छन । नारायणी डेभलपमेन्ट बैंक र मानुसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किटब्रेक लागेको छ । करिब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबरा गरेको महालक्ष्मी विकास बैंक कारोबार रकमका आधारमा आग्रस्थानमा रहेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।