logo

सेयर बजार ओरालो लाग्ने क्रम जारी, बिहीबार पौने ९५ लाख कित्ता सेयर कारोबार

    1005   पटक पढिएको

२५ कात्तिक / अर्थ र व्यापार – पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लाग्नेक्रम जारि रहेको छ । यो साताको पहिलो दिन गत सोमबार देखि नै ओरालो लागेको सेयर बजार बिहीबार अन्तिम कारोबारको दिनसम्मा पनि उच्च अंकले घटेर ओरालो लागेको छ ।
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५७ अंकले घटेर २६९०.२९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.१७ प्रतिशतले घटी हो ।
यो साता बजारमा कारोबार रकम पनि घटेको छ । गत मंगलबार ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने ५ अर्ब ११ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भएको छ । बिहीबार ९४ लाख ७५ हजार ९३६ कित्ता सेयर खरिदबिक्री भएका थिए ।
कारोबार रकमको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ४७ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसको अन्तिम कारोबार भने प्रतिकित्ता ७१४ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ९.९९ प्रतिशत अर्थात ९५.६० रुपैयाँले घटी हो ।
निरन्तर घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था र तेह्रथुम पावर कम्पनीको सेयर मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले घटेको छ । 
सो दिन दुई वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आईसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ  । यसदिन बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ३१६ अंकले ओरालो लागेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।