logo

नेप्से १९ अंकले घट्यो , कारोबार पनि खुम्चियो 

    904   पटक पढिएको

२२ कात्तिक/ अर्थ र व्यापार – सोमबार सेयर बजारको परिसूचक नेप्से १९.२ अंकले घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २८२९ मा झरेको छ । सोमबा कारोबार रकममा पनि गिरावट आएको छ । जसका कारण सेयर बजारमा जम्मा ४ अर्ब ४२ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको थियो । 
यसअघि बुधबार ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सो अवधीमा फाइनान्स उपसमूह २१ अंकले बढ्यो भने लगानी उपसमूह झिनो अंकमा हरियो रह्यो । बैंकिङ १९, ब्यापार १४, होटल तथा पर्यटन २९ , विकास बैंक ७०, जलविद्युत १३, निर्जीवन बीमा १३७, उत्पादन २९, अन्य २३, माइक्रोफाइनान्स ५५, जीवन बीमा उपसमूह १०० अंकले घटेको थियो ।

कुल ४२ कम्पनीको मूल्य बढ्यो भने १४२ कम्पनीको मूल्य घटेको थियो । ३ कम्पनीको मूल्य स्थिर रहेको थियो ।
चार कम्पनीको मूल्य १० प्रतिशतले बढेको थियो । साहस उर्जा, आइसिएफसी फाइनान्स, तेह्रथुम पावर र मानुषी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । हालै बजारमा सूचीकृत साहस उर्जाको मूल्य बढेर प्रतिकित्ता ६५२ रुपैयाँ ५० पैसा पुगेको छ । यसैगरि, महालक्ष्मी विकास बैंकको मूल्य ९.८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।