logo

शेयर बजारको उकालो यात्रा जारी, साताको पाँचैदिन बढ्यो, २८०० अंकतर्फ उक्लियो नेप्से

    906   पटक पढिएको

११ कात्तिक/ अर्थ र व्यापार – विगत केही दिनदेखि शेयर बजारको उकालो यात्रा निरन्तर जारि रहेको छ । यो साता शेयर बजार पाँचै दिन बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार साताको पहिलो दिन आइतबार २७.५१, सोमबार ८३.६३, मंगलबार ७८.८२, बुधबार १८.०६ र बिहीबार साताको अन्तिम दिन १३.०४ अंकले बढेको हो । 
बिहीबार ०.४७ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७८२.१६ अंकमा उक्लिएको छ । बिहीबार २२२ कम्पनीका ९२ लाख ३६ हजार ६ सय १३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ ।  आइतबार २ अर्ब ७७ करोड रुपैयाँ , सोमबार ४ अर्ब ३० करोड रुपैयाँ , मंलगबार ६ अबै ३१ करोड रुपैयाँ  र हिजो बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो । 
बजार बढेको दिन विकास बैंक ५०.५७, जलविद्युत ६५.४४, वित्त १३.४२, निर्जीवन बीमा ३.२३, अन्य ४७.७३, लघुवित्त १३०.४२ र इन्भेष्टमेन्ट समूह ०.३६ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे भएका छन् । जीवन बीमा समूह सबैभन्दा बढी ८७.६८ अंकले घटेको छ । 
नेप्सेका अनुसार सबैभन्दा बढी रिडी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत, मनकामना स्मार्टका लगानीकर्ताले ९.३९ प्रतिशत र हिमालयन पावरका लगानीकर्ताले ९.२४ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रोमोटर शेयरका लगानीकर्ताले सबैभन्दा बढी ७.७९ प्रतिशतले घाटा व्यहोरेका छन् । 
बिहीबार नेशनल हाइड्रोको उच्च कारोबार भएको छ । नेशनल हाइड्रोको २९ करोड १९ लाख ५ हजार ३ सय १६.१० रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।