logo

शेयर बढ्नेक्रम जारि

    952   पटक पढिएको

१० कात्तिक/ अर्थ र व्यापार – शेयर बढ्ने क्रम जारी रहेसँगै शेयर बजार परिसूचक नेप्से पछिल्लो केहिदिन यता लगातार बढेर चौथो दिन पनि उकालो लागेको छ । साताको चौथो दिन बुधबार पनि शेयर बजार १८.०६ अंकले बढेर बन्द भएको थियो । यस दिन बजार २७६९.१३ बिन्दुमा पुगेको छ ।
बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भएको थियो । बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । 
अघिल्लो साता दुई÷तीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भएको थियो । यो रकम मंगलबारको तुलनामा समेत बढेको छ । बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो । यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । बुधबार जिवन बिमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।
बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो । तर, होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने राताम्मे रह्यो । बुधबार बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यो कम्पनीको मूल्य ८.६८ प्रतिशतले वृद्धि भएर ५८० रुपैयाँ पुगेको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसमेत बढी कमाउने कम्पनीमा परे । बुधबार नबिल बैंकको सबैभन्दा बढी कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।