logo

फेरि ओरालो यात्रामा शेयर बजार

३ अर्ब ७० करोडमा खुम्चियो कारोबार

    1212   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – लगातार घटिरहेको शेयर बजार बुधबार करेक्शन भए पनि बिहीबार पुनः घटेर ओरालो यात्रामा लागेको छ । बुधबार ५०.५८ अंकले बढेको बजार बिहीबार फेरि ३२.५१ अंकले घटेको हो । 
१.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३३.४२ अंकमा झरेको छ । 
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार बिहीबार २२५ कम्पनीका ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ रुपैयाँ  बराबरको मात्रै कारोबार भएको छ । बजार घटेसँग कारोबार रकम पनि ह्वात्तै घटेको हो ।  
नेप्सेका अनुसार बजार घटेको दिन आज अधिकांश समूह राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा बढी १५५.७५ अंकले घटेको छ । बजार घटेको दिन पनि ट्रेडिङ समूह ११८.१३ अंक, अन्य समूह ४.५६ अंक र म्युचुअल फण्ड ०.०३ अंकले बढेको छ । 
नेप्से घटे पनि आज ३ कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । आज सबैभन्दा बढी गुडविल फाइनान्स कम्पनी ६.८६ प्रतिशत, प्रिमियर इन्स्योरेन्स ६.२९ प्रतिशत र हिमालयन पावरको शेयर मूल्य ६.२२ प्रतिशतले घटेको छ । 
आज नेपाल बैंक लिमिटेडको उच्च कारोबार भएको छ । नेपाल बैंकको १२ करोढ ७७ हजार ७८.७० रुपैयाँ  बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
शेयर बजार साताको पहिलो दिन आइतबार ६१.२७ अंक, दोस्रो दिन सोमबार ७३.०५ अंक र मंगलबार ७०.०१ अंकले घटेको बजार  बुधबार भने ५०.५८ अंकले सुधार भएको थियो । त्यसैगरी आइतबार ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपियाँ,  सोमबार ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ , मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपियाँ र हिजो बुधबार  ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ  बराबरको कारोबार भएको थियो ।  यसअघि गत ३ भदौमा हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । गत ३१ साउनमा हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा सो रकम पनि घट्दै आएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।