logo

गभर्नरलाई अर्थमन्त्रीले फोन गरेपछि १६२ अंकले बढ्यो सेयर बजार

    1215   पटक पढिएको


२१ भाद्र / अर्थ र व्यापार– आइतबार १०८ अंकले घटेको सेयर बजार सोमबार १६२ अंकले बढेको छ । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय सेयर बजार निरन्तर झरेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरि समस्या समाधान गर्न भनेसंगै सोमबार सेयर बजार ५.७४ प्रतिशतले बढेर २९८० अंक कायम भएको छ ।
अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई सोमबार बिहान फोन गरेर सेयर ऋणको सीमा १२ करोड सच्याउन निर्देशन दिएका थिए । सो निर्देशनको समाचार बाहिरिएसँगै अकस्मात पहिरो गएको सेयर बजार पुनः उकालो लागेको हो । अर्थमन्त्रीसंगको टेलिफोन सम्वादका क्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले सेयर बजारमा उत्पन्न समस्या समाधान गरिने प्रतिवद्धता जनाएका थिए । 
दिनभरको उतारचढावमा नेप्से परिसूचक २८०५ अंकसम्म झरेको थियो। अर्थमन्त्रीको निर्देशनपछि राष्ट्र बैंकले सेयर धितोमा ऋण पाउने सीमा १२ करोडको प्रतिबन्ध हटाउन सक्ने अनुमान लगानीमा छ । आइतबारसम्म घटेका कारण पनि सोमबार सेयर मूल्य सस्तो हुँदा एक्कासी खरिदमा चाप परेको थियो ।  
नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार कारोबार रकम भने खुम्चिएको छ । आइतबार ११ अर्ब २४ करोड रुपैयाँको सेयर खरिदविक्री भएकोमा सोमबार सो खरिदविक्रीदर घटेर जम्मा ९ अर्ब ८२ करोडमा सीमित भएको छ । 
यस दिन सबै समूहमा हरियाली छाएको छ । सोमबार बैंकिङ क्षेत्रमा ७८, व्यापार क्षेत्रमा १३३, होटल तथा पर्यटन क्षेत्रमा १९४, विकास बैंक क्षेत्रमा ५०३, जलविद्युत क्षेत्रमा २८३, फाइनान्स तर्फ २५६, निर्जीवन बीमा क्षेत्रमा ६४३, उत्पादन क्षेत्रमा ३९८, अन्य क्षेत्र १५०, माइक्रोफाइनान्स क्षेत्रमा २४१, जीवन बीमा तर्फ ८१७ र लगानी समूह क्षेत्रमा ६ अंकले बढेका छन्।  सोमबार कारोबार भएका सबै कम्पनीको मूल्य बढेको छ । पाँच दर्जन बढी कम्पनीको मूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएको छ । 
यसैगरि, ज्योति विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर, युनाइटेड इदी मर्दी, ग्रीन डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, अपि पावर, गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ । 
त्यसैगरि, जलविद्युत लगानी तथा विकास कम्पनी, हिमालयन पावर, छ्याङ्दी हाइड्रोपावर, पन्चकन्या माई हाइड्रोपावर, जोशी हाइड्रोपावर, आँखुखोला जलविद्युत, सप्तकोसी विकास बैंक, हिमाल दोलखा हाइड्रोपावर, लिबर्टी इनर्जी, सांग्रिला डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, सानिमा माइ हाइड्रोपावर, पाँचथर पावर, लुम्बिनी विकास बैंक, दिव्यश्वरी हाइड्रोपावर, राधी विद्युत, माथिल्लो तामाकोसी, घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, गरिमा विकास बैंकको मूल्य १० प्रतिशतले बढेको छ । 
त्यस्तै, अरुण भ्याली हाइड्रोपावर, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, जानाकी फाइनान्स, बेस्ट फाइनान्स, पोखरा फाइनान्स, शिवश्री हाइड्रोपावर, युनिभर्सल पावर, अरुणकाबेली पावर, सानिमा लाइफ इन्स्योरेन्स, ग्रीनलाइफ हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, सिइडिबी हाइड्रोपावर, आरएसडिसी लघुवित्त, मन्जुश्री फाइनान्स, बरुण हाइड्रोपावर, बुटवल पावरको मूल्य ९.९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।