logo

नेप्सेमा बुधबार पनि नयाँ रेकर्ड कायम, कारोबार घट्यो 

    1074   पटक पढिएको


१३ साउन/अर्थ र व्यापार– बुधबार सेयर बजारको परिसूचक नेप्से १५.३ अंकले बढेर हालसम्मकै उच्च अंक ३ हजार ९४.९५ विन्दुमा पुगेको छ ।

बुधबार नेप्सेले रेकर्ड कायम गरेको दिन कारोबार रकम भने घटेको छ ।  आज १३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ । हिजो १५ अर्ब बढीको कारोबार भएको थियो ।

आज युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३८ करोडको कारोबार हुँदा दोस्रोमा रहेको नेसनल हाइड्रोपावरको ३६ करोडको कारोबार भएको छ ।

आज जलविद्युत ४८, उत्पादन ३७ र बैंकिङ समुह १८ अंकले घटेको छ । भने निर्जीवन बीमा ४४९, जीवन बीमा ४३१, होटल तथा पर्यटन २५७, फाइनान्स ७०, विकास बैंक ४८, माइक्रोफाइनान्स समूह ३७, ब्यापार १६ र अन्य समुह २० अंकले बढेका छन्।

नारायणी डेभलपपमेन्ट, चन्द्रागिरि हिल्स र मल्टिपर्पोज फाइनान्सको मूल्य १० प्रतिशतले बढ्या । सोल्टी होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढेको छ ।

पन्चकन्य माइ हाइड्रोको मूल्य ५ प्रतिशतले घट्यो । सिंगटी हाइड्रोको मूल्य पनि करिब ५ प्रतिशत घटेको छ । ग्रीन लाइफ र पाँचथर पावरको मूल्य ४ प्रतिशतले घटेको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।