logo

सेयर कारोबारमा १० पैसा मात्रै घटबढ गरेर अर्डर राख्न सुरु

    987   पटक पढिएको


३ साउन/अर्थ र व्यापार– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर कारोबारमा मूल्य घटबढ गर्न पाउने सीमामा गरेको परिवर्तन कार्यान्वयनमा आएको छ ।

बोर्डले मूल्य घटबढ गर्दा १ रुपैयाँभन्दा कम मूल्य पनि राख्न पाउने गरी व्यवस्था मिलाउन स्टक एक्सचेन्जलाई निर्देशन आजबाट कार्यान्वयनमा आएको हो । 

आज कारोबार भएका निफ्रा, हिमालयन ऊर्जा विकास कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स, कृषि विकास बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक लगायतका कम्पनीको सेयर मूल्य १० पैसासम्म घटबढ भएर कारोबार भएको छ ।।

नेपाल धितोपत्र बोर्डले गत असार १० मा मूल्य सीमा परिवर्तन गर्ने धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ को दोस्रो संसोधन गरेर १० पैसासम्म घटबढ गर्न पाउने व्यवस्था गरिएको हो ।

१० पैसासम्म घटबढ गर्न पाउने व्यवस्था कार्यान्वयन भएसँगै ठूलो कारोबारमा १० पैसा मूल्य घट्दा पनि लगानीकर्ताको ठूलो रकम जोगिनेछ । भने थोरै मूल्य भएका कम्पनीको सेयर खरिद बिक्री गर्दा १० पैसा घटबढ गर्न पाउने सीमाले किन्ने बेच्ने दुवैलाई फाइदा पुग्ने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।