logo

सहकारी र लघुवित्तका समस्या समाधानकालागि रास्वपाले गठन गर्यो कार्यदल

    567   पटक पढिएको


१३ पुस/अर्थ र व्यापार – हाल मुलुकमा देखिएको सहकारी र लघुवित्तका समस्या समाधानकालागि राष्ट्रिय स्वतन्त्र पार्टीले अध्ययन कार्यदल बनाएको छ । पार्टी उपसभापति डा.स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाले कार्यदल बनाइएको हो ।
वाग्ले रास्वपाका अर्थ नीति विभाग प्रमुख समेत हुन् । वाग्लेको नेतृत्वमा कार्यदल गठन गरिएको सहमहामन्त्री रमेश प्रसाईले एक कार्यक्रममा सार्वजनिक गरेका हुन् । चितवन–२ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा रास्वपाका सहप्रवक्ता प्रसाईले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि कार्यदल गठन गरिएको जानकारी दिए ।
‘सहकारी र लघुवित्त पिडीतहरुको विषय तिव्र रुपमा उठ्न थालेपछि सभापतिको निर्देशनमा रास्वपाका उप सभापति डा.स्वर्णिम वाग्लेको नेतृत्वमा एउटा कार्यदल बनेको छ’ सहप्रवक्ता प्रसाईले भने । जसले सहकारी र लघुवित्त पिडितका समस्या र समाधानका उपाय सुझाउने गरि यो कार्यदल बनेको उनले बताए ।

सहकारी र लघुवित्तका समस्या समाधानका लागि सरकारलाई प्रतिवेदन बुझाउने गरि कार्यदल बनाउने प्रस्ताव महोत्तरी बैठकमा रवि सभापति लामिछानेले गरेका थिए । ‘जलेश्वर बैठकमा नै निर्णय भएको हो’ कार्यदलका संयोजक समेत रहेका वाग्लेले भने,‘अर्थनीति विभागले त्यसमा काम गरिरहेको छ ।

अर्थ नीति विभाग सहित आमन्त्रित सदस्यका रुपमा केही व्यक्तिलाई कार्यदलमा राखिएको उपसभापति वाग्लेले जानकारी दिए । विषय विज्ञहरुसँग छलफल प्रारम्भ भइसकेको कार्यदलले जनाएको छ । उपसभाति वाग्लेका अनुसार कार्यदलले संसद बैठक सुरु हुनअघि नै कार्यदलले प्रतिवेदन तयार गर्नेछ ।
अर्थ नीति विभागले तयार गरेको प्रतिवेदनका आधारमा संसदमा पिडितका पक्षमा विचार राख्ने रास्वपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।