logo

सूर्यकोट सहकरी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

    585   पटक पढिएको


७ असोज/अर्थ र व्यापार – काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सूर्यकोट बचत तथा ऋण सहकरी संस्था लिमिटेड १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न साधारण सभाले आगामी चारवर्षे कार्यकालकालागि रामशरण सुवेदीको अध्यक्षतामा संस्थाको नयाँ कार्यसमिति र लेखा समिति चयन गरेको छ ।
सो संस्थाको उपाध्यक्षमा अम्बिका आचार्य, सचिवमा नानिकाजी केसी सिलवाल र कोषाध्यक्षमा बालकृष्ण पौडेल निर्वाचचित भएका छन ।

यसैगरी, कार्यसमिति सदस्यहरुमा दिलिप अधिकारी, कुमार घिमिरे र संगीता प्रेमी निर्वाचित भएका छन । यसैगरी, लेखा समितिको संयोजकमा पिताम्बर भण्डारी निर्वाचित भएका छन ।
सो साधारण सभामा सहकारी संस्थाका अध्यक्ष रामशरण सुवेदीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष बालकृष्ण पौडेलले प्रस्तुत गरेको कोषको प्रतिवेदन र लेखा तथा ऋण समितिका संयोजक पिताम्बर भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको सो सहकारी संस्थाले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले आगामी दिनमा यस संस्थाको गरिमा थप उचाईमा उराउने लक्ष्यकासाथ यो नयाँ कार्यसमितिले काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।