logo

छेन्दुमा सहसचिव स्तरको दरबन्दी पठाइँदै

    1240   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार– सरकारले महावाणिज्य दूतावास खोल्ने सहमति भएको झण्डै एक वर्षपछि चीनको सिचुवान प्रान्तको छेन्दुमा सहसचिवस्तरको दरबन्दी पठाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषदको बैठकले सहसचिव स्तरको दरबन्दीलाई चीन स्थित नेपाली महावाणिज्य दूतावासमा छेन्दुमा पठाउने निर्णय गरेको हो । 

गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला दुई देशबीच चीनको सिचुवान प्रान्तको छेन्दुमा नेपाली महावाणिज्य दूतावास खोल्ने सहमति भएको थियो ।

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत साउदी अरबको जेद्दामा रहेको महावाणिज्य दूतावासमा रहेको राजपपत्रांकित प्रथम श्रेणी (प्रशासन समूह) सहसचिव स्तरको दरबन्दीलाई चीनस्थित नेपाली महावाणिज्य दूतावास छेन्दुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।