logo

विश्वका २० धनी र शक्ति सम्पन्न देशको बैठक सुरु हुँदै

    1222   पटक पढिएको

२३ असार / अर्थ र व्यापार – जर्मनीको ह्याम्बर्गमा हुन लागेको जि२० को सम्मेलनमा सहभागिताका लागि विश्वका नेताहरु शुक्रबार जर्मनी पुग्ने क्रम सुरु भएको छ । उक्त सहरमा शुक्रबारदेखि सम्मेलन सुरु हुन लागेको छ । सम्मेलन भोलिसम्म सञ्चालन हुने छ । विश्वका नेताहरु शुक्रबार त्यहाँ पुग्ने क्रम सुरु भएको हो ।

यस संगठनमा विश्वका २० वटा शक्ति सम्पन्न र धनी देश सदस्य रहेका छन् । ती देशका नेता यहाँ जम्मा हुनुभएको हो । उनीहरुले विशेषगरी विश्वको वर्तमान आर्थिक अवस्था र एजेण्डका बारेमा छलफल गर्नेछन् ।

विश्वका विभिन्न क्षेत्रीय आर्थिक एजेण्डका बारेमा सो सम्मेलनमा व्यापक मात्रामा छलफल हुने छ । तर ह्याम्बर्ग सहरमा भएको विरोध प्रदर्शनका क्रममा कैयौँ नागरिक घाइते भएका छन् । सो जि२० सम्मेलनको एजेण्डका विषयलाई लिएर यहाँ प्रदर्शन र झडप भएको छ । सो झडपमा परी दर्जनौँ व्यक्ति घाइते भएका समाचारमा छ । त्यस क्रममा १५ जना प्रहरी पनि घाइते भएका छन् । सो स्थानमा १२ हजार जना विरोध प्रदर्शनमा सहभागी भएका थिए ।

बिहीबार साँझ सो झडप भएपछि शान्ति सुरक्षाको कडा व्यवस्था गरिएको छ । प्रहरीको सङ्ख्या बढाउनुको साथै यहाँ जम्मा हुन लागेका नेताहरुको सुरक्षाको विशेष व्यवस्था मिलाइएको छ । सुरुमा शान्तिपुर्ण रुपमा जम्मा भएका प्रदर्शनकारीहरु पछि आक्रोषित बन्दा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीहरुले हातमा ईटा र ढुङ्गा बोकी जुलुशमा सहभागी भएका र सुरक्षाकर्मीमाथि ती वस्तुले आक्रमण गरेकाले परिस्थिति तनावपूर्ण भएको छ । 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।