logo

विश्वका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा व्यापारीको उल्लेख्य सहभागितामा विश्व आर्थिक मञ्चको सम्मेलन भोलिदेखी सुरु हुने

    1143   पटक पढिएको

७ माघ /अर्थ र व्यापार - मंगलबारदेखि स्वीटजरल्याण्डको पहाडी इलाका डाबोसमा विश्व आर्थिक मञ्चको स्म्मेलन सुरु हुन लागेको छ । सम्मेलनमा विश्वका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा व्यापारीको उल्लेख्य सहभागिता रहनेछ । विवरणहरुमा जनाइएअनुसार सो मञ्चको बैठकमा २ हजार बढी व्यापारी तथा व्यवसायीको समेत सहभागिता रहने छ । आइतबार साँझ नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल पनि डाबोस प्रस्थान गरेको छ ।

उक्त मञ्चको बैठकमा नियमित सहभागी हुँदै आएका १० अर्बपतिको नेटवर्थ पछिल्लो १० वर्षमा १२ लाख करोड बढी रहेको छ । विवरणहरुमा जनाइएअनुसार भारतीय खर्बपति मुकेश आम्वानीको मात्रै नेतवर्थ १७४ प्रतिशतले बढेको छ । यस्तै फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गको नेटवर्थ पनि १८५३ प्रतिशतले बढेको छ । विश्व आर्थिक मञ्चको बैठक हरेक वर्ष संसारमार नेता तथा व्यापारी सहभागी हुने गरेका छन् ।

त्यसमा विश्व अर्थ व्यवस्थामा प्रभाव पार्ने खर्बपतिको समेत सहभागिता रहने गर्छ । मञ्चको बैठकमा विश्व अर्थ व्यवस्थाको चुनौती तथा त्यसलाई समाधान गर्ने उपायको बारेमा समेत चर्चा परिचर्चा हुने गरेको छ । ब्लूमवर्गको एक रिपोर्टअनुसार २००८ सालको आर्थिक मन्दीपछि मात्रै संसारमा १० अर्बपति नियमित रुपमा सो बैठकमा सहभागी हुँदै आएका छन् । उनीहरुको सम्पत्तिको हिस्सा पछिल्लो १० वर्षमा कयौं गुणाले बढ्न गएको छ ।

भारतका खर्बपति मुकेश आम्वानीको सन् २००९ मा कूल नेटवर्थ १लाख करोड बराबरको थियो । हाल उनको नेटवर्थ ३ लाख करोड बढी रहेको छ । १० वर्षमा उनको सम्पत्ति १७४ प्रतिशतले बढेको छ । सन् २००९ मा सहभागी भएका संसारभरका अर्वपतिको १ अर्ब डलर बढी नेटवर्थ रहेको थियो । उनीहरुसँग २३८ लाख करोड सम्पत्ति थियो भने सन् २०१७ मा त्यो बढेर ६२३ लाख करोड पुगेको छ ।

यस्तै बिल गेट्सको नेटवर्थ १० वर्षमा ८६ प्रतिशतले बढेको छ । मार्क जुकरवर्गको १८५३ प्रतिशत बढेको छ । यस्तै बिल गेट्सको ८६ प्रतिशत, मुकेश आम्वानीको १७४ प्रतिशत, माइकल डेलको १८७ प्रतिशत र रुपर्ट मार्डोेकको ४७२ प्रतिशतले बढेको छ । यस वर्षको बैठकमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डल बैठकमा सहभागी हुन आइतबार साँझ डाबोस प्रस्थान गरेको छ ।

यस्तै भारतमा १०० बढी राजनीतिक नेता र व्यापारी सहभागी हुनेछन् । त्यसमा केन्द्रीय मन्त्री शुरेश प्रभु, मध्यप्रदेशका मुख्यमन्त्री कमलनाथ सहभागी हुँदैछन् । यस्तै उद्योगपति आम्वनी, गौतम अदाणी, संजीव बजाज, एन चन्द्रशेखरण, सज्ज्न जिन्दल, आनन्द महिन्द्रा, सुनिल मित्तल सहभागी हुँदैछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।