logo

ग्यासलाई बिजुलीले विस्थापन गर्न कसरत

    924   पटक पढिएको

२५ कात्तिक / अर्थ र व्यापार - खाना पकाउने एलपी ग्यास ‘विस्थापन’ गर्ने भन्दै नेपाल आयल निगम र विद्युत् प्राधिकरण सहकार्यको तयारीमा छन् । स्वदेशमा यथेष्ट विद्युत् उपलब्धतासँगै भान्सामा ग्यास सिलिन्डरलाई इन्डक्सन चुल्होले विस्थापित गर्ने रणनीति यी दुई निकायको हो ।

आयातीत ग्यासलाई खाना पकाउने पहिलो ऊर्जाको रूपमा प्रयोग गरिरहेका नेपालीहरूलाई विद्युत् प्रयोगमा अभ्यस्त गराउन निगम र प्राधिकरणबीच अनौपचारिक छलफल अघि बढेको छ । उच्च स्रोतका अनुसार, बढ्दो विद्युत् उत्पादनले आयातीत इन्धनको माग घटाउने भएकाले ग्यास र पेट्रोलियमका ठूला पूर्वाधार निर्माणमा लगानी गर्नेबारे आयल निगम पछि हट्ने सम्भावना छ ।
नेपालमा मासिक २६ लाख ७६ हजारभन्दा बढी सिलिण्डर ग्यास खपत भइरहेको नेपाल आयल निगमको तथ्यांक छ । जसअनुसार, दैनिक ८० हजार सिलिण्डरभन्दा धेरै ग्यास नेपालीले खपत गरिरहेका छन् ।

आयल निगमको विवरणअनुसार, नेपालले वार्षिक करिब ४ लाख ५६ हजार मेट्रिक टन ग्यास आयात गर्छ । आर्थिक वर्ष ०७५र७६ मा नेपालमा ४२ करोड ८८ लाख ४० हजार १५७ किलो ग्यास आयात भएको थियो, जुन ३ करोड २१ लाख १४ हजार सिलिण्डरभन्दा धेरै हो । ग्यासकै लागि गत वर्षमात्रै ३५ अर्व ५४ करोड ८४ लाख ६६ हजार रुपैयाँ विदेसिएको थियो ।

उपभोक्ताले प्रयोग गर्ने १४.२ किलोको ग्यास सिलिण्डर सरकारले १४ सय ४० रुपैयाँमा भारतसँग खरिद गरेर ९० रुपैयाँ घाटा सहेर १३ सय ८० मा ग्राहकलाई बिक्री गरिरहेको छ । अर्थात् ग्यासलाई उपभोक्तामाझ सर्वसुलभ बनाउन प्रतिसिलिण्डर ९० रुपैयाँ अतिरिक्त भार सरकारको काँधमा परिरहेको छ । वार्षिक हिसाब गर्ने हो भने उक्त भार २ अर्व ८९ करोडभन्दा धेरै हुन आउँछ । आयल निगमका निर्देशक दीपक बरालका अनुसार, यस गत वर्ष १४ प्रतिशत हाराहारीले ग्यासको खपत वृद्धि भएको छ । विद्युत् आपूर्ति असहज हुन थालेपछि १५ प्रतिशतको वार्षिक खपत वृद्धि १ प्रतिशतले घटेको हो ।

नेपाल विद्युत् प्राधिरकणका अनुसार अहिले ११ सय ९९ मेगावाट बिजुली नेपालको ‘पिक डिमान्ड’ हो । प्राधिरकणका जलविद्युत् आयोजनाबाट उत्पादित ५३६ मेगावाट र निजीस्तरका आयोजनाबाट उत्पादित ४२६ मेगावाट बिजुलीले अहिलेको नेपालको माग धानिरहेको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार, औसत दैनिक ८० मेगावाट बिजुली भारतबाट आयात हुन्छ भने २६ मेगावाट बिजुली नेपालबाट अहिले भारत निर्यात भइरहेको छ ।

चालु आर्थिक वर्षको अन्त्यसम्म नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा थप १ हजार मेगावाट बिजुली थपिने प्राधिकरणको प्रक्षेपण छ । माथिल्लो तामाकोसी आयोजना ४५६ मेगावाट र थप ५० वटा नयाँ आयोजनाले यसै वर्ष उत्पादन थालेपछि तत्कालको उच्चतम माग बराबरकै बिजुली नेपालमा बढी हुनेछ ।

‘अब हामीलाई उत्पादनको कुनै चिन्ता छैन, प्रसारण, वितरण र उत्पादित बिजुलीको बजार प्रवद्र्धनको चुनौती मात्रै छ,’ प्रवक्ता अधिकारीले भने । विद्युत् खपत बढाउने प्रयासमा प्राधिकरण लागेको उनको भनाइ थियो । रातको समयमा माग घट्दा प्लान्टहरू बन्द गर्नुपर्ने अवस्थासमेत आइसकेकाले प्राधिकणलाई जतिसक्दो छिटो देशभित्रै बिजुली खपत बढाउनुपर्ने र छिमेकी देशमा बजार खोज्न जरुरी भएको प्रवक्ता अधिकारीले बताए ।

उच्च खपतका कारण ग्यासलगायतको पूर्वाधार निर्माणमा आयल निगमले योजनाहरू बनाएको छ । निगमले अहिले नेपाल–भारत बोर्डरबाट अमलेखगञ्ज हुँदै चितवनको लोथरसम्म एलपीजी ग्यास पाइपलाइन र चितवनमा भण्डारणको काम अगाडि बढाएको छ । मोटामोटी विस्तृत इन्जिनियरिङ सर्वे सकिएको आयोजनाको लागत ग्यास पाइपलाइनतर्फ ११ अर्ब १९ करोड र भण्डारणमा ३ अर्ब ८१ करोड हुनेछ ।

यस्तै निगमले झापाको चारआली र जनकपुरमा एलपीजी ग्यासको भण्डारणसहितको बोटलिङ प्लान्टको योजना पनि अघि बढाएको छ । आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न निगमले टेण्डर गरिसकेको छ । लोथरसम्मको पाइपलाइन र भण्डारण गृहको खर्च कसले गर्ने भन्ने यकिन नभए पनि चारआली र जनकपुरको प्लान्टको खर्च निगमकै हो ।

निगमले तत्कालै झण्डै २५ अर्बको परियोजनामा अघि बढ्नुपूर्व विद्युत्को उपभोग र उपलब्धताबारे राम्ररी बुझ्न चाहेको जनाएको छ । विद्युत्ले ग्यासको विकल्प हट्न १० वर्षभन्दा धेरै लाग्ने भए मात्रै मजबुत पूर्वाधार निमार्णमा अगाडि बढ्ने निगमको सोच छ ।
दुई फरक निकाय (निगम र प्राधिकरण) ले फरक–फरक ऊर्जा (ग्यास र बिजुली) को स्रोत उपभोक्ताको घरमा र्पुयाएका छन् । अहिलेसम्म भान्सामा ग्यासको सिलिण्डरको अत्यधिक प्रयोग छ, जुन आयातीत हो । कुनै बेला विद्युतको अभाव थियो ग्यास निर्विकल्प भयो तर अब त बिजुली खेर जाने अवस्था आइसकको छ ।

‘प्रशस्त मात्रामा विद्युत् उत्पादन छ । धेरैभन्दा धेरै प्रयोग गर्नुस् भनेर प्रोत्साहन गरिरहेका छौं,’ प्राधिकरणका प्रवक्ता अधिकारीले भने । तर एलपी ग्यास प्रयोग नगर भनेर उपभोक्ता र आयात नगर भनेर निगमलाई भन्ने वा छलफल गर्ने अधिकारी आफूलाई नभएको प्राधिकरणको भनाइ छ । 
यता, इन्धन आपूर्ति गर्ने आयल निगमले ग्यास नबालेर विद्युतीय सामग्री प्रयोग गर्न प्रेरित गर्न पनि स्वभाविक हुँदैन । प्राधिकरणले बिजुली कहाँ बेच्ने भन्ने चिन्ता गरिरहँदा आयल निगम ग्यासका लागि पूर्वाधार लगानी गर्न तम्सिनु सुहाँउदो देखिन्न । पेट्रोलियम र ग्यासको पूर्ण विकल्प विद्युत् हुनसक्छ वा सक्दैन भन्नेबारे छलफल गर्नुपर्ने कुरा उठेको निगमका प्रवक्ता वीरेन्द्र गोइत बताउँछन् ।

सरकारले व्यापार घाटा न्यूनीकरणका लागि कार्यदल नै बनाएर काम थाले पनि ग्यासको विकल्पमा विद्युत् प्रयोग गर्नेबारे ठोस नीति भने निर्माण गर्न सकेको छैन । वार्षिक ३५ अर्बको ग्यास आयातलाई घटाउँदै विस्थापित गर्न सकिन्छ भन्नेमा विद्युत् प्राधिकरण ढुक्क छ, तर राज्यले नीति छिट्टै ल्याउनुपर्ने प्राधिकरणका अधिकारी बताउँछन् ।
बिजुली प्रयोग गरेर ग्यास विस्थापन गर्नेबारे ऊर्जा मन्त्रालयले निगम वा मातहतको मन्त्रालयसँग समन्वय गरेको छैन ।

‘प्राधिकरणले विद्युत्को खपतलाई प्रोत्साहन गर्नेगरी मूल्य तोक्न आयोगलाई सिफारिस गरेको जानकारी समाचारमा पढे पनि विद्युत् प्रयोगमार्फत ग्यासलगायतका इन्धन विस्थापित गर्नेबारे कुनै छलफल अगाडि बढेको छैन्,’ ऊर्जा मन्त्रालय स्रोतले भन्यो ।

‘सिलिण्डर ग्यास किन्न १४ सय खर्च हुन्छ तर उक्त ग्यास बराबरको खाना पकाउन इन्डक्सनमार्फत विद्युतबाट ९ सय हाराहारीले पुग्छ । अर्कोतर्फ वातावरण प्रदूषणबाट मुक्ति मिल्छ’, उनले भने ।

वार्षिक ३५ अर्बको आयात व्यवस्थित गर्न फेरि २५ अर्बको नयाँ योजना तथा वर्षिक साढे २ अर्ब अनुदान अब घटाउनुपर्ने श्रेष्ठ बताउँछन् । ग्यासको पूर्वाधारमा गर्ने खर्च र यसमा दिइँदै आएको सरकारी अनुदान अब उपभोक्तालाई विद्युत् प्रयोगमा दिइनुपर्ने उनको मत छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।