logo

३० लाख खर्चेर बालाजु बाइसधारा पार्कका लागि मास्टर प्लान बन्दै

    2232   पटक पढिएको

२ असोज / अर्थ र व्यापार – २०७२ बैशाखमा गएको भुकम्पपछि बालाजु बाइसधारा पार्कको शोभा हराएको छ । बाईसधाराको मुहार फेर्ने गरी काठमाडौं महानगरपालिकाले नयाँ योजना बनाइरहेको छ । योजना अनुसार काम भएमा बाइसधारा छिट्टै नै लोभलाग्दो पर्यटकीय पार्क बन्नेछ ।

महानगरपालिकाले ३० लाख रुपैयाँ खर्चेर पार्ककालागि  मास्टर प्लान बनाउन सुरु गरेको छ । मंसिरसम्म पार्कका लागि आवश्यक बृहत प्लान बन्छ र ठेक्का मार्फत निर्माण कार्य अघि बढाइनेछ । पार्कको डिजाइन समेत मंसिरसम्ममा बन्ने भएकाले अहिले नै पार्क यस्तै बन्छ भन्न नसकिने तर प्रारम्भिक योजनाअनुसार सुविधा सम्पन्न आधुनिक भौतिक संरचना भएको पार्क बन्ने छ । 

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले पदबहाली गरेको सय दिनमा पत्रकार सम्मेलन मार्फत बालाजु लगायतका पार्कहरुलाई फ्रि वाइफाइ जोन बनाउने दावी गरेका थिए । त्यसैगरी मेयर शाक्यले उद्यानहरुको मर्मत,सम्भारको काम तिव्र गतिमा अघि बढाइएको  र उचित बजेट समेत छुट्याएको बताएका थिए ।

भुकम्पले क्षति पुर्याएको बालाजु पार्कको पूनर्निर्माण धमाधम भैरहेको छ । २ करोड रुपैयाँको लागतमा पुनर्निर्माणको काम भैरहेको छ । पहिलो चरणमा पार्कको वरिपरिको भत्किएको कम्पाउण्डको पुनर्निर्माण  सकिएको छ । त्यस्तै उप्किएका ट्रायलहरु मर्मत र क्षति पुगेका ठाउँहरुको मर्मत समेत लगभग सकिन लागेको छ । आर्थिक बर्ष २०७४/०७५ कालागि पनि महानगरले उद्यान मर्मत सम्भारका लागि २ करोड ११ लाख ५० हजार रुपैयाँ छुट्याएको छ ।

त्यसैगरी पार्कभित्र स्विमिङ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भएपछि उक्त स्विमिङ पुल कुनै फाइभ स्टार होटलको भन्दा कम नहुने छ । स्विमिङ पुलको वरिपरि हरियाली बगैंचा निर्माण तथा आकर्षक खालका संरचनाहरु बनाएर स्विमिङ पुललाई स्तरीय बनाउने कार्य भैरहेको छ ।

पहिलो चरणमा बाटोमा धुलो नउड्ने गरी स्तरीय पिकनिक स्पट तयार पारिएको र दोस्रो चरणमा भएका सबै पिकनिक स्पटलाई त्यस्तै बनाइने छ । शहरी क्षेत्रभित्र रहेका पार्कहरुलाई संरक्षण गरेर आकर्षक, सुविधायुक्त र मनमोहक बनाउनका लागि  महानगरले बाइसधारा पार्कको छुट्टै गुरुयोजना तयार पार्न लागेको हो । 

बालाजु पार्कको स्वामित्वमा १ सय ६२ रोपनी जग्गा छ । अब सबै जग्गालाई सदुपयोग गर्ने र आन्तरिक पर्यटन गन्तव्यमका रुपमा विकास गरिने छ । वर्षा र चाडपर्व नजिकिँदा काममा केही ढिलाई भैरहेको छ । तिनकुने, रानीपोखरी, बालाजु लगायतका पार्ककालागि महानगरले प्राथमिकतामा राखेर काम अघि बढाउन लागेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।