logo

वाइडबडी अनियमितताबारे तीनवटा निकायद्वारा छानविन

    1121   पटक पढिएको

२७ पुस/ अर्थ र व्यापार - वाइडबडी विमान खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदीय संसदको सार्वजनिक लेखा समितिपछि अझै तीनवटा निकायले छानविन गरिरहेको छ । संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समिति मंसिर १९ गते छानविन उपसमिति गठन गर्यो । उक्त उपसमितिलाई एक महिनाको समय दिइएको थियो । तर उपसमितिले एक महिनामा प्रतिवेदन बुझाउन सकेन र पुस २३ गते एक महिना समय थप गरिएको छ ।

छानविन उपसमितिले अहिलेसम्म महालेखा परीक्षकको कार्यलय, नागरिक लगानी कोष, संचय कोषलगायतसँग छलफल गरेको छ । उपसमितिलाई वाइडबडीबाहेक अन्य विमानबारे पनि अध्ययन आवश्यक रहेकोले समय लागेको संयोजक दिपक भट्टले जानकारी दिए । यसैगरी वाइडबडी विमान खरिद प्रक्रियामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अग्रसरता देखाएको छ । सार्वजनिक लेखा समितिले निर्देशन दिनुअघि देखि नै अख्तियारले वाइडबडीको छानविन गरिरहेको छ ।

अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने वाइडबडीको छानविन हामीले पहिलेदेखि नै गर्दै आएका छौं । प्रारम्भिक छानविन भइरहेको छ । सार्वजनिक लेखा समितिको निर्देशन पछि छानविनमा अख्तियारले थप अग्रसरता देखाएको छ । समितिले छानविन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने निर्देशन दिएको छ । यसैबीच सरकारले गठन गरेको तीन सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोगले पनि छानविन सुरु गरेको जनाइएको छ । पूर्व मुख्यन्यायाधीश गोविन्दप्रसाद पराजुलीको अध्यक्षतामा गठित आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिएअनुसार छानविन अगाडि बढाइएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।