logo

वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन उलंघन

    1104   पटक पढिएको

२६ मंसिर/ अर्थ र व्यापार - सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन पालना नगरेको बताएको छ । संसदको लेखा समितिमा आफ्नो राय प्रस्तुत गर्दै कार्यालयले विमान खरिद गर्दा सार्वजनिक खरिद ऐन २०६३ को धेरै दफाहरुको उलंघन भएको बताएको हो । ऐनको दफा २ मा उल्लेख भएको मालसामानको परिभाषामा विमान पनि पर्ने भन्दै कार्यालयले विमान खरिद गर्दा ऐनको पूर्ण पालना गर्नुपर्ने भए पनि नगरिएको बताएको छ ।

त्यस्तै ऐनको को दफा १३ को उपदफा २ अनुसार बोलपत्र मार्फत सामान खरिद गर्दा उल्लेख हुनुपर्ने तीन कुरा वाइडबडी खरिदको आशयपत्र (रिक्वेस्ट अफ प्रपोजल आरएफपी) मा नरहेको कार्यालयले बताएको छ । कार्यालयले आशयपत्रमा मूल्यको संरचना, बोल अंक उल्लेख गर्ने मुद्रा, बोलपत्र मूल्यांकन र छनोट गर्ने आधार तथा तरिका उल्लेख भएको छैन ।

ऐनको दफा ५२ अनुसार खरिद सम्झौता र यसका शर्तहरु तय गर्दा आपूर्ति समय वा म्याद थप गर्न सकिने अवस्था, रकम वा त्यसको निर्धारण गर्ने तरिका, मालसामान स्वीकार गर्ने शर्त, भुक्तानीका शर्त र तरिका आदि विषय उल्लेख नभएको कार्यालयको भनाइ छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।