logo

श्रीलंकाका राजदुत र भिटोफ–नेपाल विच भेटवार्ता, पर्यटन विकासका लागी दुई देशविच सहकार्य गरिने

    1546   पटक पढिएको

५ बैशाख / अर्थ र व्यापार- नेपालका लागी श्रीलंकाका राजदुत स्वर्ण परेरा र गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ–नेपाल) को प्रतिनिधिमण्डल विच भेटवार्ता भएको छ । विहिवार भएको भेटमा नेपालमा श्रीलंकावाट पर्यटकहरु भित्र्याउने र नेपालका गाउँहरुको श्रीलंकामा प्रवद्र्धन गर्ने विषयमा कुराकानी भएको थियो ।

राजदुत स्वर्ण परेराले नेपाल र श्रीलंकाको पर्यटन र पर्यटकीय गन्तव्यहरुमा  समानता रहेको वताउँदै श्रीलंकाको ७५ प्रतिशत जनसंख्या वौद्ध धर्मावलम्बी भएको कारण उनीहरुलाई लुम्विनीमा आकर्षित गर्न सकिने वताईन । राजदुत परेराले श्रीलंकाका पर्यटन र नेपालको पर्यटन गन्तव्यहरुमा समानता भएका कारण विविध विषयमा सहकार्य गर्न सकिने समेत वताएको उपाध्यक्ष गोपाल थापाले वताए ।  

भेटमा भिटोफ नेपालका सल्लाहकारहरु रविजंग पाण्डे, लेखनाथ भण्डारी,भिटोफ नेपालका अध्यक्ष ध्रुव सिम्खडा र कार्यसमितिका सदस्यहरु उपस्थित रहेका थिए । भिटोफ नेपालका अध्यक्ष ध्रुव सिम्खडा र सल्लाहकारद्वयले नेपाल र श्रीलंकाका विचमा पर्यटन क्षेत्रको विकासका लागी गर्न सकिने सहकार्य र पहलहरुका विषयमा चर्चा गरेका थिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।