logo

भिजिट भिसामा खाडी र अफ्रिकी देश जान महिलालाई कडाइ

    1179   पटक पढिएको

२ मंसिर / अर्थ र व्यापार - सरकारले नेपाली महिलालाई सुरक्षाका दृष्टिले संवेदनशील देशहरुमा पर्यटक भिसा (भिजिट भिसा) लिएर जान कडाइ गरेको छ । पर्यटकीय भिसासम्बन्धी प्रावधानहरुमा परिवर्तन गर्दै सरकारले ती देश जाने महिलाले थप कागजात तथा प्रमाण पेश गर्नुपर्ने प्रावधान ल्याएको हो ।

अब खाडी देश (यूएई, साउदी अरब, कुवेत, कतार, ओमान, बहराइन ), मलेसिया तथा अफ्रिकी देश र अन्य जोखिमपूर्ण देशमा जाँदा अध्यागमन विभागले पासपोर्ट, भिसा, बोर्डिङ पास, आतेजाते टिकट, प्रायोजक भए उसको पत्र, होटेल बुकिङको प्रमाणित पत्रसमेत माग्ने छ ।

सबाहेक महिलाका हकमा विदेशमा रहेको आफन्त वा साथमा जान लागेको परिवारजनसँगको नाता प्रमाणित कागजात, गन्तव्य मुलुकमा रहेका आफन्तले स्पोन्सर गरी पठाएको कागजात र निज विदेशमा रहेको प्रमाण खुल्ने कागजात आवश्यक पर्ने छ । ट्राभल एजेन्सीबाट घुमफिरमा जान लागेको भए त्यसको पत्र र लिखित स्वघोषणा गरेपछि मात्र उनीहरुलाई अनुमति दिने गरी नीति परिवर्तन गरिएको छ ।

महिला वा पुरुष जुनसुकै व्यक्ति पनि पर्यटक भिसामा जाँदा अध्यागमनले हेर्ने कागजात थप गरिएको छ । अमेरिका, क्यानाडा, यूरोप, अष्ट्रेलिया, जापान र दक्षिण कोरिया भ्रमणमा जाँदा पासपोर्ट, भिसा, आतेजाते टिकट र बोर्डिङ पास अनिवार्य हुनेछ । यसबाहेक स्पोन्सर लेटर, होटेल बुकिङ वा साथमा १ हजार डलरसम्म बोकेको प्रमाण देखाउनुपर्ने छ । ती देशमा आफु कालोसुचीमा नरहेको प्रमाणित हुने पत्रसमेत अध्यागमनले माग्ने भएको छ ।

चीन, थाइल्याण्ड, अफ्रिकी मुलुकबाहेक नेपालीका लागि अनअराइभल भिसा पाउने मुलुक तथा भारत र बंगलादेशबाहेक सार्कका अन्य देशको भ्रमणमा जाँदासमेत सोही प्रावधान राखिएको छ । भारत जाने क्रममा भने राहदानी वा नागरिकता, बोर्डिङ पास हेरिनेछ । भारत जाँदा त्यहाँबाट कन्टेक्टिङ फ्लाइटमा अन्य मुलुकमा जाने गरी भिसा लिएको भए त्यसको अध्यागमनले परीक्षण गर्ने भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।