logo

बढ्दो विद्युत चुहावट दर, वितरण प्रणालीको चुहावट १४ प्रतिशत नाघ्यो

    1455   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार– विद्युत प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको असोज महिनाको तुलनामा चालु आर्थिक बर्षको असोजमा २.३१ प्रतिशतले विद्युत चुहावट बढेको छ । 

वितरण प्रणालीको चुहावट गत वर्ष असोजमा ११.९८ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको असोजमा १४.२९ प्रतिशत पुगेको हो । 

चालु आर्थिक वर्षको भदौको तुलनामा भने असोजमा विद्युत चुहावट केही घटेको छ । भदौमा १६.९३ प्रतिशत रहेको यो चुहावट असोजमा १४.२९ प्रतिशतमा झरेको छ । यो २.६४ प्रतिशत हुन आउँछ ।

यसअघि मासिक २२ प्रतिशतसम्म रहेको वितरणतर्फको चुहावट हुने गरेकोमा कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि मासिक ८ देखी ९ प्रतिशतको हाराहारीमा सीमित गरेका थिए । 

असोजमा सबैभन्दा धेरै प्रणालीगत विद्युत चुहावट बुटवल वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बढेको छ । बुटवलमा यो वर्षको असोजमा १५.३१ प्रतिशत चुहावट रहेको छ जुन गत वर्षको असोज महिनामा १०.५८ प्रतिशत मात्रै थियो।

असोजमा देशभरका वितरण केन्द्रमध्ये सबैभन्दा कम चुहावट काठमाडौं वितरण केन्द्रको छ । काठमाडौंमा अहिले ६.९९ प्रतिशत मात्र चुहावट छ । गत वर्ष असोजमा यो ५.७९ प्रतिशत थियो । गत वर्षको तुलनामा काठमाडौंको चुहावट १.२ प्रतिशतले बढको हो ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको औसत चुहावट १६ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिको औसत चुहावट १४ प्रतिशत र वार्षिक औसत चुहावट ११ प्रतिशत रहेको थियो । 

कोरोना महामारीका कारण चुहावट नियन्त्रणका गतिविधि सञ्चालन गर्न नपाउँदा वितरण संगै प्राविधिक चुहावट समेत बढेको प्राधिकरणको भनाई छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।