logo

सवारी लाइसेन्सको अनलाइन आवेदन खुलाउने तयारी

    1418   पटक पढिएको


१९ मंसिर/अर्थ र व्यापार– यातायात व्यवस्था विभागले कोभिड–१९ संक्रमणयता बन्द रहेको सवारी लाइसेन्सको आवेदन लिने र परीक्षा गराउने काम पुनः थालिने बताएको छ । 

विभागले सूचना जारी गर्दै सातै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र मातहतका कार्यालयले व्यवस्थापन गर्ने गरि पुनः आवेदन लिई परीक्षा लिने भएको छ ।

सूचनामा सातै प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीलाई लागि सम्पर्क अधिकृत पनि तोकिएको छ । प्रदेश १ का लागि ओमप्रकाश अधिकारी, २ का लागि कृष्णकुमार मिश्र, वाग्मतीका लागि राजन पोखरेल, गण्डकीमा डोलराज पराजुली, लुम्बिनीमा राजेन्द्रप्रसाद पन्थी, कर्णालीमा नवीन थापा र सुदूरपश्चिममा छविराज जैसीलाई सम्पर्क अधिकृत तोकिएको छ । 

आवेदकले सम्बद्ध अधिकृतहरूलाई सम्पर्क गरेर फारम भर्ने प्रक्रियामा सहभागी हुनसक्ने सूचनामा उल्लेख छ ।

सम्बद्ध सम्पर्क अधिकृतहरूले आआफ्नो प्रदेशमा सवारी चालक अनुमतिपत्रका लागि आउने मागको मूल्यांकन गरेपछि मन्त्रालय संगको सहकार्यमा यातायात कार्यालयहरूले फारम लिने र परीक्षाको तयारीका लागि काम थाल्नेछन् ।

यातायात व्यवस्था विभागले नयाँ आवेदन नलिएका कारण कार्यालयहरूले सवारी दर्ता नवीकरण र चैतअघि ट्रायल पास गरेकाहरूलाई लाइसेन्स वितरण गर्ने लाइसेन्स छाप्ने काम गरिरहेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।