logo

मन्त्रिपरिषद कार्यालयका सचिव लालशंकर घिमिरे र अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगानाको सरुवा

    1434   पटक पढिएको


१ पौष /अर्थ र व्यापार  - सरकारले २ सचिवको सरुवा गरेको छ । अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव लालशंकर घिमिरेको सरुवा भएको छ ।

ढुंगानाको ठाउँमा घिमिरेलाई ल्याइएको छ भने घिमिरेको स्थानमा ढुंगाना जानेछन् । अर्थ मन्त्रालयमा आइतबार ढुंगानाको बिदाईको तयारी गरिएको छ । ढुंगाना सोमबारबाट प्रधानमन्त्री कार्यालय जानेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा ढुंगानाको चर्चा थियो । ढुंगानाको स्थानमा लक्ष्मण अर्याल र डा. बैकुण्ठ अर्यालमध्ये एकको संभावना थियो । घिमिरे अर्थ मन्त्रालयकै क्याडर हुन् । तत्कालीन् अर्थमन्त्री वर्षमान पुनसँग असझदारीपछि उनी अर्थ मन्त्रालयबाट बाहिरिएका थिए। घिमिरे पछिल्लो पटक अर्थको अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख थिए ।

अर्थमन्त्री डा. युवराज खतिवडासँग निकट रहेर काम गरेका ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा लैजानुलाई अर्थपूर्ण मानिएको छ । विहीबारको मन्त्रिपरिषद बैठकले उनीहरुको सरुवा गरेको हो । सरुवाको सूचीमा अन्य सचिवहरु रहे पनि यसपटक दुई जनाको मात्रै सरुवा भएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।