logo

नक्कली भ्याट विल प्रयोग गरि कर छल्ने  वीरगंजका व्यापारी जेल चलान

    2055   पटक पढिएको

२६ कात्तिक / अर्थ र व्यापार - आन्तरिक राजस्व कार्यालय वीरगंजले नक्कली भ्याट बिलबाट कर छली गरेका एक व्यापारीलाई जेल चलान गर्ने निर्णय गरेको छ । ग्यास सिलिन्डिरको पार्टपूर्जा सम्बन्धी कारोबार गर्ने वीरगंज–२१ परवानीपुर घर भएका वीरगंज, माईस्थानस्थित जानकी ट्रेडर्सका सञ्चालक दिपेन्द्र पासवानलाई नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको आरोपमा पक्राउ परेका थिए। उनीसँग कर छलीको रकम र जरीवानासहित १ करोड १५ लाख रुपैयाँ कार्यालयले माग गरेको थियो। त्यो रकम बुझाउन नसकेपछि पासवान जेल चलान भएका हुन् ।

आन्तरिक राजस्व कार्यालय वीरगंजको अनुसन्धानमा उक्त फर्मले आर्थिक वर्ष २०७३र०७४ देखि २०७५र०७६ मा विभिन्न ४ वटा फर्मले नक्कली भ्याट बिल प्रयोग गरेर कर छलेको कार्यालयले जनाएको छ। त्यस्तै आव २०७१र०७२ र २०७२र०७३ मा २ वटा शंकास्पद फर्मबाट खरिद गरेको भनी आय विवरणमा देखाएको तर सो खरिदलाई पुष्टि गर्ने कुनै बिजक प्रमाण नै पेश गर्न नसकेकोले झुट्ठा विवरण पेश गरी कर छली गरेको पाइएको हो ।

२०७१ देखि ०७६ सम्मको कारोबारको अनुसन्धानबाट उनलाई ४४ लाख ३० हजार ५ सय २५ रुपैयाँ कर, जरिवाना रुकम ४४ लाख ३० लाख ५ सय २५ रुपैयाँ र दस्तुर १० लाख ७७ हजार ७ सय ९३ रुपैयाँ र ब्याज १६ लाख १२ हजार ७ सय ८५ रुपैयाँ गरी कुल १ करोड १५ लाख ५१ हजार ६ सय २८ रुपैयाँ माग गरेका थियो। पासवानले सो रकम दिन अस्वीकार गरेपछि उनलाई जेल चलान गरिएको कार्यालयका कर अधिकृत सुनिलराज देवकोटाले जानकारी दिए ।

साथै, बार्षिक रुपमा आय विवरण पेश गर्दा सो नक्कली बिल खर्च दाबी गरी आयकर समेत छलेकोले आयकर शुल्क ब्याज आयकर तर्फ समेत गरी करिब २ करोड २० लाख आयकर समेत निर्धारण हुने कर कार्यालयले जनाएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।