logo

पर्यटकीय गन्तव्य जोड्न ’टुरिज्म ट्रेन’, ७ खर्ब लागत, ’काठमाडौं, पोखरा, चितवन र लुम्बिनी छुने’

    1290   पटक पढिएको

१३ पुस / अर्थ र व्यापार  - पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल चलाउने योजना पूरा नहुँदै मुलुकका प्रमुख पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्यसहित सरकारले दुईवटा ’टुरिज्म ट्रेन’ चलाउने योजना पनि बनाएको छ।

काठमाडौं, पोखरा, चितवन र लुम्बिनी रेलमार्ग विकास गर्न योजना बनाइएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताए। ’राजधानीलाई मुख्य दुई पर्यटकीय गन्तव्यसँग रेलमार्गमार्फत जोड्ने योजना हो,’ उनले भने, ’यो रेलमार्ग सामन्य रेलभन्दा फरक खालको हुनेछ ।’ कस्तो मोडेल उपयुक्त हुन्छ भन्ने विषयमा विभागमा छलफल चलिरहेको उनले बताए।
निर्माणका लागि चीनको सहयोग लिन लागिएको छ। आगामी जुनमा नेपाल र चीनका बीच रेलमार्ग सम्बन्धि विषयमा बैठक हुँदैछ। उक्त बैठकमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) सरहको डिटेल फिजिबिलिटी (विस्तृत सम्भाव्यता) गरिदिन प्रस्ताव गर्ने योजना रहेको महानिर्देशक मिश्रले जानकारी दिए।

रेलमार्गको यो योजनाको पूर्व सम्भाव्यता अध्ययन (प्री-फिजिबिलिटी) रिपोर्ट भने तयार भइसकेको छ। चिनियाँ पक्षको आर्थिक र प्राविधिक सहयोगमा सम्भाव्यता अध्ययन गरिएको हो। प्रतिवेदनले रेलमार्ग निर्माण गर्न सकिने देखाएको छ। गत मंसिर दोस्रो साता चिनियाँ रेलवे एडमिनिस्ट्रेसनका प्रतिनिधिहरू रेलको विषयमा छलफल गर्न नेपाल आएका थिए। प्रत्येक ६ महिना नेपाल-चीनबीच रेल सम्बन्धि सयुक्त वर्किङ कमिटीको बैठक हुने गरेको छ। सोही बैठकमा उनीहरूले सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण गरेका हुन्।

उक्त प्रतिवेदनअनुसार दुवै गन्तव्यसम्म रेलमार्ग विकास गर्नका लागि करिब सात खर्ब लागत लाग्ने प्रारम्भिक अनुमान छ। विस्तृत अध्ययन गरेपछि भने भने लागत प्रतिशत केही थपघट हुन सक्ने विभागले नजाएको छ।

काठमाडौं-पोखरा रेलमार्गका लागि करिब ४ खर्ब रूपैंयाँ लाग्ने अनुमान गरिएको छ। यो रेलमार्गका लागि काठमाडौंको टोखालाई जीरोकिलो (प्रस्थान विन्दु) मानिएको छ। टोखाबाट नुवाकोट निस्किएर पृथ्वी राजमार्ग्तिर मोडिने छ। पृथ्वी राजमार्ग करिडोर आसपासको भएर रेलमार्ग बन्ने छ। रिपोर्टमा उल्लेख गरिएको तीन एलाइन्टमेन्टमध्ये यसलाई सबैभन्दा उपयुक्त भनेर प्राविधिकले सिफारिस गरेका छन्। यो रुट करिव १ सय ६८ किमि लम्बाइको हुनेछ। पहाडी भूभागमा सुरुङ र पुल निर्माण गरेर रेलमार्गको लिक बिच्छ्याउनु पर्नेछ।

त्यसैगरि लुम्बिनीसम्म पुग्ने रेल पनि कुरिनटारसम्म एउटै एलाइन्टमेन्टमा जानेछ। कुरिनटारबाट चितवनको भरतपुर हुँदै रुपन्देहीतिर जानेछ। जसको लम्बाइ करिब १ सय ९० किमि हुनेछ भने लागत करिब तीन खर्ब अनुमान गरिएको छ। पर्यटकको आगमन दर बढाउन सहज यातायातको सञ्जाल तयार पार्नका लागि ’मल्टिमोडल कनेक्सन’ विकास गर्नुपर्ने महानिर्देशक मिश्रको तर्क छ। त्यसकै लागि सरकारले हवाइ, सडक र रेल सबै माध्यमको विकास गर्ने योजना अघि सारेको हो।

’टुरिज्म ट्रेन’ को यो योजना भने सरकारको दोस्रो प्राथमिकतामा छ। सुरूमा चीनसँग भएको सम्झौताअनुसार उनीहरूले सम्भाव्यता अधययन गरिदिएका हुन्। पछिल्लोपटक भएको द्धिपक्षीय सम्झौता (एमओयु) मा भने यो रेलमार्गको विषय समावेश छैन।

चीनसँग जोड्ने केरुङ-काठमाडौं रेलमार्ग योजना पहिलो प्राथमिकतामा रहेको रेल विभागले जनाएको छ। ’टुरिज्म ट्रेन’ निर्माण गरेर सञ्चालनमा ल्याउन सके पर्यटक आगमन दरमा सकारात्मक असर पर्ने विभागको दाबी छ। हाइ-स्पिडको विद्युतीय रेल निर्माण गर्न सके सामान्यतया प्रतिघण्टा ३ देखि ४ सय  किमिसम्म कुदाउन सकिने छ। अझ एडभान्स रेल त्योभन्दा बढी गतिको हुन्छ। महत्वाकांक्षी योजना भए पनि  ’टुरिज्म ट्रेन’ को आन्तरिक पर्यटन पनि प्रवर्द्धन गर्ने अधिकारीहरूले बताएका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।