logo

मोबाइल एप्लिकेसनद्वारा यात्रु बोक्दै आएका ‘टुटल’ र ‘पठाओ’ प्रति यात्रुको गुनासो

    1287   पटक पढिएको

१ माघ/ अर्थ र व्यापार – मोबाइल एप्लिकेसन मार्फत यात्रु बोक्दै आएका ‘टुटल’ र ‘पठाओ’ यातायात सेवालाई चल्न दिने वा नदिने भन्नेबारेमा ट्राफिक प्रहरीले मंगलबार निर्णय गर्ने भएको छ । 

यातायात व्यवस्था विभागमा दर्ता नभई काठमाण्डौ उपत्यकामा निजी मोटरसाइकल र स्कुटरमा शुल्क लिएर यात्रु बोक्दै आएका टुटल र पठाओ यातायातलाई गएको शनिबारदेखि रोक लगाएको ट्राफिक प्रहरीले यसबारे मंगलबार निर्णय गर्ने ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । 

उनले उनीहरुलाई वैधानिक हुन समय दिने वा चलाउन नदिने भन्ने बारेमा निर्णय गर्न लागिएको बताए । कानुन विपरित निजी नम्बरका मोटरसाइकल भाडामा प्रयोग भएको गुनासो आएकाले उनीहरुलाई यात्रु बोक्न रोक लगाइएको उनको भनाई छ । 
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९’ मा निजी गाडीमा भाडाका यात्रु बोक्न अनुमति छैन । यातायात व्यवस्था विभागसँग समन्वय नगरी बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ ले निजी नम्बर प्लेट भएका मोटरसाइकलमा भाडाका यात्रु बोक्दै आएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।