logo

सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला

    984   पटक पढिएको

२२ फागुन/ अर्थ र व्यापार – जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीश परशुराम भट्टराईको इजलाशले २०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०–२० वर्ष कैद गर्ने फैसला गरेको हो । 

अदालतले रेशमलालसहित हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश  चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह उपनामका सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम डगौरा चौधरीलाई जन्मकैद गर्ने फैसला गरेको हो । श्रवण नाबालक भएकाले सजाय आधा गर्दै १० वर्ष जेल बस्नुपर्ने फैसलामा उल्लेख छ । अदालतले घटनामा दोषी रहेको आरोपमा जेलमा रहेका २७ जनामध्ये ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्षको कैद र तीनजनालाई पूर्ण सफाइ दिने फैसला गरेको हो । तनावर अलि जागा, रामनरेश चौधरी र विश्राम चौधरीलाई भने घटनामा दोषी नदेखिएको भन्दै अदालतले पूर्ण सफाइ दिने फैसला गरेको छ । पूर्ण सफाइ पाएका तीनजनासहित ३ वर्षको कारागारको सजाय पाएका १२ जना गरी १५ जनालाई आजै थुनामुक्त गर्ने तयारी छ ।

घटनापछि फरार रहेका रेशम चौधरीले गएको वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा मा आत्मसमर्पण गरेका थिए । उनलाई त्यहाँबाट जेल सारेर काठमाण्डौ ल्याइएको छ । जेलमै भएका बेला संघीय संसदले केही दिन अघि चौधरीलाई सांसदको सपथ गराएको थियो । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजना प्रहरी र एकजना नाबालकको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आरोप लागेका ३१ जना अझै फरार छन् । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।