logo

पहिलो चरणमा २ विमानस्थलको थप ३ वटा संरचना निर्माण हुँदै

    1543   पटक पढिएको


७ पुस/अर्थ र व्यापार– नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थप संरचना निर्माण गर्ने भएको छ ।

अर्थमन्त्रालयले यि दुई विमानस्थलको थप संरचना निर्माणको लागि एडिबीसँग १.५ मिलियन डलर (१८ अर्ब रुपैयाँ) ऋण सम्झौता गरेको थियो ।

सोही रकमबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ३ वटा संरचना निर्माण हुने भएको छ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको मास्टरप्लानअन्तर्गत रहेको पश्चितर्फको रनवेको अन्तिम बिन्दुसँग जोडिने ट्याक्सी–वे  र पूर्वपट्टी एप्रोन र ह्याङगर निर्माणमा खर्च गर्ने भएको छ ।

यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो आधुनिक सुविधासम्पन्न टर्मिनल भवन निर्माण गर्ने भएको छ ।

साथै, विमानस्थलको ट्याक्सी वे निर्माणका लागि कम्पनी छनोटसमेत भइसकेको छ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माणका लागि डिजाइन तय गरी टेन्डर गर्ने तयारी गरेको छ ।

दोस्रो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन र आन्तरिक टर्मिनल भवन निर्माण गर्ने प्राधिकरणको योजना छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।