logo

विद्युतको नियमन आयोगले तयार पार्यो यस्ता ५ आधार

    1134   पटक पढिएको

२० कार्तिक / अर्थ र व्यापार

विद्युतको महसुल निार्धरणका लागि मूख्यरुपमा ५ वटा सिद्दान्त तथा आधार तयार पारिएको छ। विगतमा त्यस्ता कुनै आधार भने थिएनन् । जसका कारण नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको महसुल तिर्न नस्क्ने भन्दै उद्योगी तथा व्यवसायीले आपत्ति जनाउँदै आएका छन् ।

पछिल्लो समय डेडिकेटेड र ट्रङ्क लाइनको सम्बन्धमा देखिएको विवाद पनि त्यसैको पेरीफेरीमा रहेको छ । नेपाल विद्युत् प्राधिरकणले विवियमावली बनाएर महसुल निर्धारण गर्ने र साविकको महसुल निधर्धारण आयोगबाट स्वीकृति लिएर लागू गर्ने गरेको थियो ।

विद्यमान महसुल निर्धारण आयोग कानूनी रुपमा बलियो रहेको छ । तर साविकको आयोग भने कानूनी रुपमा कमजोर थियो । अर्थात् ठूलो वृक्ष मुनीको विरुवाजस्तै ।

आयोगले प्रस्ताव गरेको मस्यौदामा उपभोक्ता हक हित संरक्षण, विद्युत्को आपूर्तिमा गुणस्तरको सुनिश्चितता, वितरण अनुमति प्राप्त व्यक्तिको व्यवसायिकता तथा प्रभावकारिता अभिवृद्धि, प्रणाली सुरधाको लागि भविस्ष्मा हुने लगानीको स्रोत परिचालनको आवश्यकता र वितरण अनुमति प्राप्त व्यक्तिको लगानीमा न्यायोचित प्रतिफल हुनुपर्ने विषयलाई आयोगले महसुल निर्धारणको सिद्दान्तका रुपमा किटान गरेको छ ।

यस्तै आयोगले उपभोक्ताको वर्ग अनुसारको बिक्रीबाट प्राप्त हुने आम्दानी तथा ऊर्जा उपभोग शुल्क, लगानीबााट प्राप्त हुने वार्षिक प्रतिफल, अन्य स्रोतको आम्दानी, विद्युत्को स्रोत अनुसारको विद्युत् खरीद परिणाम र लागत, विद्युत् उत्पादन संयन्त्रको वार्षिक खर्च, प्रसारण प्रणाली, वितरण प्रणालीको खर्च, व्याजको भुक्तानी रकम , कर्मचारी खर्च र अपेक्षित वार्षिक प्रतिफललाई समेत समेटनुपर्ने जनाएको छ ।
विद्युत नियमन आयोगले विद्युत उपभोक्ता महशुल निर्धारण निर्दे्शिको मस्यौदा गर्दै महसुल निर्धारणमा एउटा मूल्य र कानूनी मान्यता स्थापना गर्न लागेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।