logo

फालिएका प्लाष्टिक घोराही उपमहानगरपालिकाले किन्ने

    1114   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार -  घोराही उपमहानगरपालिकाले फालिएका प्लाष्टिक र प्लाष्टिकजन्य वस्तु उपभोक्ताबाट खरीद गर्ने भएको छ । प्लाष्टिकजन्य पदार्थ उपमहानगरपालिकाले किन्ने भएकाले घरबाट बाहिर नफाल्न बरू उपमहानगरपालिकालाई बेच्न उपभोक्तालाई आग्रह गरेको छ ।

कार्य्विधि बनाइसकेपछि प्लाष्टिक खरीदको कामलाई अघि बढाइने उपमहानगरपालिकाका सरसफाइ व्यवस्थापन शाखा प्रमुख प्रेम केसीले जानकारी दिए । ‘पहिले कुन–कुन वडाको कहाँबाट प्लाष्टिक खरीद गर्ने भनेर कार्य्विधि बनाउँछौँ,’ केसीले भने, ‘कार्य्विधि बनाएपछि प्लाष्टिक खरीदलाई अघि बढाइनेछ ।’

टोल विकास संस्था, सामुदायिक वन, युवा क्लबलगायतका संघ संस्थामार्फत प्लाष्टिक खरीद गरिने प्लाष्टिकजन्य पदार्थलाई उपमहानगरपालिका आफैंले बिक्री गर्ने छ । त्यसका लागि हेटौँडामा रहेको प्लाष्टिक उद्योगसँग कुरा अघि बढाइएको छ ।

घोराही उपमहानगरपालिकामा दैनिक २३ टनसम्म फोहर संकलन हुँदै आएको छ । बजार क्षेत्रको फोहरलाई वडा नम्बर १६ स्थित डम्पिङ साइटमा बिसर्जन गरिन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।