logo

आज मन्त्रिमण्डल पुनर्गठन हुनेस् शीर्ष नेता परामर्शमा, नेकपा सचिवालय बैठक बस्दै

    1191   पटक पढिएको

४ मंसिर / अर्थ र व्यापार - मन्त्रिपरिषद् हेरफेरको तयारीलाई लिएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। बिहान ९ बजे बोलाइएको बैठक १२ बजे सारिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा हेरफेरको जानकारी पनि दिइसकेका छन्।

सचिवालय बैठकअघि प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष प्रचण्डबीच अनौपचारिक परामर्श हुनेछ। नेकपा स्रोतका अनुसार प्रधानमन्त्रीले ओली तयार पारेको हटाइने र थप गर्ने मन्त्रीको सूचीबारे परामर्श हुनेछ। शीर्ष नेताबीचको परामर्शपछि सचिवालयले प्रधानमन्त्रीलाई हेरफेरको अधिकार दिनेछ। 

नेकपा स्रोतहरुका पूर्व एमालेबाट मन्त्री बनेका लालबाबु पण्डित, थममाया थापा, जगत विश्वकर्मा, रघुवीर महासेठलाई हटाउने तयारी प्रधानमन्त्रीको छ। श्रम मन्त्री गोकर्ण विष्टलाई हटाइने वा मन्त्रालय हेरफेर हुन सक्ने एक नेताको दाबी छ। 

यस्तै, पूर्व माओवादी केन्द्रको कोटाबाट मन्त्री बनेका मातृका यादव र चक्रपाणि खनाल हटाइने सूचीमा रहेको बताइन्छ। खानेपानीमन्त्री बिना मगर तथा गृहमन्त्री रामबहादुर थापाको नाममा परामर्श जारी रहेको स्रोतको दाबी छ। 

सचिवालय बैठकबाट अनुमति पाएमा ओलीले आजै मन्त्रिमण्डल पुनर्गठन गर्नेछन्। अपराह्न ४ बजे शपथको सम्भावित समय तोकिएको छ। तर, राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा जानकारी पठाइएको छैन। 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।