logo

आन्दोलनरत विद्यार्थी भन्छन् : सरकार र मेडिकल कलेजको सहमति अस्वीकार्य

    993   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार - आन्दोलनरत चिकित्सा शिक्षा सङ्घर्ष समितिले सरकार र निजी मेडिकल कलेजहरुबीच भएको दुईबुँदे सहमति अस्वीकार्य भएको बताएको छ । सरकारले ठगीको मुद्दा चलाउने भन्दै अल्टिमेटम दिएपछि मेडिकल कलेजहरुले मंगलबार मध्यरातमा विद्यार्थीहरुबाट लिएको अतिरिक्त शुल्क समायोजन गर्ने सहमति गरेका थिए ।

तर सहमति भएको १२ घण्टा नपुग्दै आन्दोलनरत विद्यार्थीहरुले त्यसमा प्रश्न उठाएका छन् ।
सरकार र निजी मेडिकल कलेजको सम्झौता पत्रमा एमबीबीएस र बीडीएस संकायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीको मात्रै शुल्क समायोजन हुने सहमति छ । यहीबुदाँमा संघर्ष समितिको आपत्ति छ ।

सरकारले विद्यार्थीहरुसँग छलफल नै नगरी मेडिकल कलेजहरुलाई फाइदा हुने गरी सहमति गरेको संघर्ष समितिका प्रवक्ता सुजन काडेरियाले बताए । उनले भने, ‘शुल्कको विरोधमा आन्दोलन सुरुवात गरेको ०७३र०७४ को ब्याचलाई सरकारले नसमेटेकाले यो सहमति मान्दैनौं ।’

एमबीबीएस र बीडीएस तहको पहिलो र दोस्रो वर्षको शुल्क समायोजन गर्ने सहमति अमूर्त भएको संघर्ष समितिले बताएको छ । सहमतिमा नर्सिङ, फार्मेसी, बीपीएच, बीएमआईटीलगायत संकायमा तोकेभन्दा बढी शुल्क लिएको विषयमा नसमेटिएकाले पनि आन्दोलन नरोकिने संघर्ष समितिका प्रवक्ता कडेरियाले बताए । उनले भने, ‘वार्ता र सहमतिको नाममा आन्दोलन रोक्न षड्यन्त्र भयो अब हामी राजधानी केन्द्रित सशक्त आन्दोलन थाल्छौं ।’ सहमतिले एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीको आंशिक माग भने सम्बोधन भएको उनले स्वीकार गरे ।

सहमतिमा आर्थिक वर्ष ०७४र०७५ र ०७५र०७६ मा भर्ना भएका विद्यार्थीको शुल्क समायोजन अथवा फिर्ता गर्ने भनिएको छ भने ०७२र०७३ र ०७३र०७४ मा भर्ना भएका विद्यार्थीको हकमा छानबिन गर्ने र उपयुक्त निर्णय लिन चिकित्सा शिक्षा आयोग समक्ष अनुरोध गर्ने उल्लेख छ । कडेरियाले भने, ‘बाँकी ६ संकायका विद्यार्थी उपेक्षामा पारियो, हामी यो निर्णय मान्दैनौं ।’

सहमति गर्ने लामो प्रयास असफल

विद्यार्थीहरुको आन्दोलन टुङग्याउन सरकारले पटकपटक प्रयास नगरेको होइन । तर सफल भएको छैन । गत फागुनमै नेपाल मेडिकल काउन्सिलले त्रिविका उपकुलपतिलाई पत्राचार गरेर शुल्कको समस्या रहेका मेडिकल कलेजहरुलाई कारवाही अगाडि बढाउन निर्देशन दिएको थियो । तर त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति तीर्थ खनियाँ कुनै कदम नचाली मौन बसे । त्यसपछि लगातार विद्यार्थीहरु आन्दोलन गरिरहेका छन् ।

२२ कात्तिकमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलका पदाधिकारी सम्मिलित बैठकबाट शुल्कको नाममा बढी रकम असुल्ने मेडिकल कलेजहरुलाई ठगी मुद्दामा कारबाही गर्ने वा कलेजको सम्बन्धन खारेज गर्नेसम्मको निर्णय लिने सहमति भएको थियो । लगत्तै शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले संयुक्त विज्ञप्ति निकाल्दै शुल्क फिर्ता नगरे कारवाही गर्ने चेतावनी दिए । तर, मन्त्रिपरिषदको निर्णय अवज्ञा गरेका कलेजहरुले आयोगको विज्ञप्तिलाई टेरपुच्छर लगाएनन् ।

लगत्तै शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीहको शुल्क फिर्ता गर्न १५ दिनको अल्टिमेटम दिए । त्यो अल्टिमेटम सकिएको भोलिपल्ट हिजो मंगलबार राति मेडिकल कलेज र सरकारबिच दुईबुँदे सहमती भयो । तर चिकित्सा शिक्षा संघर्ष समितीले यो सहमतिमा पनि चित्त बुझाएको छैन ।

परीक्षा रोकिने संकेत

विद्यार्थीहरुको आन्दोलनकै कारण परीक्षा पनि सरेको छ । कात्तिक २१ गतेबाट सुरु हुने भनिएको एमबीबएस पहिलो वर्षको वार्षिक परीक्षा मंसिर १८ गते सम्मका लागि सारिएको छ । तर नयाँ सहमतिमा चित्त नबुचझाएका विद्यार्थीहरुले मंसिर १८ गतेसम्म पनि माग पुरा नभए परीक्षा बहिस्कार गर्ने बताएका छन् । कडेरिया भन्छन्, ‘सरकारको लाचारीपनको कारण धेरै विद्यार्थीको भविश्य बर्बाद हुने देखियो तर यत्ति भइसकेपछि हामी पछि हट्दैनौं ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।