logo

‘अपहरण’ गरिएको आयल निगमको ट्यांकर धनुषामा भेटियो

    1248   पटक पढिएको

४ मंसिर / अर्थ र व्यापार -  सिरहाको लहानबाट अपहरण गरेको भनिएको  नेपाल आयल निगमको तेल ढुवानी गर्ने ट्यांकर प्रहरीले फेला पारेको छ । मंगलबार साँझदेखि हराएको ट्यांकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१  स्थित रमदैयामाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले ढल्केबरबाट १० किलोमिटर दक्षिणमा मंगलबार राति नै ट्यांकर भेटिएको पुष्टि गरे । भेटिएको ट्यांकरमा तेल खन्याइएको छ ।  तेल कहाँ खन्याइयो भन्ने खुलेको छैन ।

बाराको अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोबाट २० हजार लिटर डिजेल भरेर प्रदेश १ को राजधानी विराटनगरतर्फ जाने क्रममा ना.४ख ४१६३ नम्बरको टयांकर सोमबार राति अपहरण गरेको बताइएको थियो । यद्यपि, दाबी गरिएजस्तो टयांकर अपहरण भएको थियो या चालककै संलग्नतामा तेल बिक्री गर्न अपहरणको बहाना गरिएको थियो भन्ने खुलेको छैन ।

टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको डीआईजी कार्कीले जानकारी बताए । नेपाल आयल निगमले पनि घटनाबारे छानबिन गर्न इञ्जिनियर अशोक साहको संयोजकत्वमा ४ सदस्यीय छानबिन टोली गठन गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।