logo

काठमाडौं उपत्यकाको तापक्रम घट्ने क्रम जारी, न्युनतम ०.५ डिग्री सेल्सियस  कायम

    1567   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार  - काठमाडौं उपत्यकाको न्युनतम तापक्रम शून्यमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ः४५ मा गरेको रेकर्डअनुसार काठमाडौं उपत्यकाको तापक्रम ०.५ डिग्री सेल्सियस छ । तापक्रम घट्ने क्रम जारी रहने भएकाले चिसो अझै बढ्ने अनुमान मौसमविदको छ ।मौसमविद् समिर श्रेष्ठ प्राकृतिक कारणसँगै जम्मु कास्मिरबाट नेपालतर्फ बहेको चिसो वायुले तापक्रम घटेको बताउँछन् । देशभरी चिसो हृवात्तै बढ्नुमा जम्मु काश्मिरबाट नेपालतर्फ बहेको चिसो वायु बढी जिम्मेवार भएको मौसमविद् श्रेष्ठले बताए । उनले यसबाहेकका सहायक कारणले पनि चिसो बढाइरहेको बताए । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर ओरालो लागे पनि यस वर्ष माइनसमा झर्ने सम्भावना नरहेको मौसमविदको भनाइ छ ।

यसैबीच, मंगलबार र बुधबार देशका केही स्थानमा पानी पर्न सक्ने अनुमान मौसमविदहरुले गरेका छन् । मंगलबार पहाडी भेगमा आंशिकदेखि सामान्य बदली भई विशेषतः पश्चिमी पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद श्रेष्ठले बताए । बुधबार दिउँसो देशको पश्चिम तथा मध्य क्षेत्रका केही स्थानहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात पनि हुने सम्भावना छ । यसैगरी बुधबार राति देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने मौसमविदको पूर्वानुमान छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले देशकै सबैभन्दा बढी चिसो जुम्लामा छ । सोमबार बिहान ८ः४५ मा गरिएको रेकर्डअनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ डिग्री मापन भएको छ । दिउँसोको समयमा भने यहाँको तापक्रम बढ्ने गरेको छ । महाशाखाले दिउँसो यहाँको अधिकतम तापक्रम १४.४ पुग्ने प्रक्षेपण गरेको छ । काठमाडौं र दिपायलमा पनि चिसोको मात्रा करिब करिब उस्तै छ । दिपायलको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस छ । सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको न्यूनतम तापक्रम २.८ छ ।
देशका धेरैजसो क्षेत्रको न्युनतम ताक्रम ४ र ५ डिग्री सेल्सियसको बीचमा छ । ओखलढुंगामा ७ र धनकुटामा भने ६.६ डिग्री सेल्सियस छ । विगत वर्षहरुमा तराई तथा मधेसमा पुस शुरु भएदेखि नै शीतलहर चल्ने गरेको थियो । यसकै कारण कैयनको ज्यानसमेत जाने गरेको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, तराई तथा मधेसमा यस वर्ष शीतलहर अझै सुरु भइसकेको छैन । बाक्लो हुस्सु लागे पनि शीतलहर भइनसकेको मौसमविद् श्रेष्ठको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।