logo

दूरसञ्चार प्राधिकरणको अध्यक्षको अवकाश उमेर ६५ तोकियो

    1044   पटक पढिएको

१७ पुस /अर्थ र व्यापार - दूरसञ्चार प्राधिकरणको अध्यक्षको अवकाश उमेर तोकिने भएको छ । संसदमा पुगेको केही नेपाल ऐन संशोधनमा अध्यक्षको अवकाश उमेर तोक्ने प्रस्ताब गरिएको छ । दूरसञ्चार ऐन २०५३ मा संशोधन हुने गरी अध्यक्षको अवकाश उमेर ६५ बर्ष तोकिएको छ । अब कार्यकाल पुरा नहुँदै अध्यक्षको उमेर ६५ बर्ष पुरा भएमा उसको जागिर जाने छ । दिगम्बर झा अध्यक्ष हुने बेलामा बिवाद उत्पनन् भएपछि सरकारले ऐनमा संशोधन गर्न लागेको हो ।

झाले गत बुधबार राजिनामा गरिसकेका छन् । उनलाई दोस्रो कार्याकालका लागि चार बर्षको नियुक्ति दिइएको थियो । तर उनी नियुक्ति पाउने बेलामा ६५ बर्ष नजिक पुगिसकेका थिए ।

उमेर हद नतोक्दा बिवाद भएपछि सरकारले अवकाश उमेर कानुनमै उल्लेख गर्न खोजेको हो । न्यायाधिसहरु पनि ६५ बर्षको उमेरमा अवकाश हुने ब्यवस्था छ । त्यसैले नियामक निकायको प्रमुखको पनि अवकाश उमेर तोकिनु पर्ने विश्लेषणका आधारमा ऐन संशोधन गर्न लागिएको हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।