logo

यात्रु ठग्ने ट्याक्सीविरुद्ध कारबाही तिब्र, ६७ ट्याक्सी चालक कारबाहीमा परे

    910   पटक पढिएको

१५ माघ /अर्थ र व्यापार - विभिन्न बहानामा यात्रुलाई ठग्ने ट्याक्सीविरुद्ध महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाहीलाई तीव्रता दिएको छ । सोमबार मात्रै उपत्यकाका विभिन्न स्थानबाट कानून विपरीतका कार्य गरी यात्रु ठग्ने ६७ ट्याक्सी चालकलाई कारबाही गरेको महाशाखाले जनाएको छ ।

महाशाखाबाट खटिइएका टोलीले यात्रुसँग बार्गेनिङ गर्ने १० र यात्रु लिन इन्कार गर्ने ४० वटा ट्याक्सीलाई कारबाही गरेको ट्राफिक प्रहरी प्रवक्ता जयराज सापकोटाले जानकारी दिए । त्यस्तै महाशाखा अन्तर्गतका विभिन्न युनिटले १७ वटा ट्याक्सीलाई कारबाही गरेको उनले जानकारी दिए ।

ट्राफिक प्रहरीले यात्रुसँग भाडा बार्गेनिङ गर्ने ट्याक्सी चालकलाई ‘हाउमच’ अभियान सञ्चालन गरेरै कारबाही गर्ने गरेको छ । हाउमच अभियानमा कारबाहीमा पर्ने ट्याक्सी चालकलाई प्रत्येक पटक प्रहरीले तीन हजार रूपैयाँ जरीवाना गर्ने गरेको छ । त्यस्तै पाँच पटकभन्दा बढी हाउमच कारबाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिश गर्ने गरिएको उनले बताए ।

मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५०० देखि एक हजार ५०० रूपैयाँसम्म जरिवाना गर्ने गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए । प्रहरीले उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन गरी कसुर फेला परेका ट्याक्सी चालकलाई कारबाही गर्दै आएको छ ।

यसअघिको तुलनामा यात्रु ठगिने क्रम न्यूनीकरण भएको दाबी गर्दै प्रवक्ता सापकोटाले ट्राफिक प्रहरीले आफ्नो क्षमताले भ्याएसम्म ठगी न्यूनीकरणको अभियान चाल्दै आएको बताए । ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ । ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिए पनि ठगिने क्रम नरोकिएको यात्रुको गुनासो छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।