logo

पर्यटकलाई लक्षित गर्दै एनसेलले ल्यायो ‘टुरिष्ट सिम’, बसाइँ अवधिका आधारमा सेवा लिन सकिने

    1142   पटक पढिएको

८ माघ / अर्थ र व्यापार - एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै ‘टुरिष्ट सिम’ बिक्री सुरू गरेको छ। भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै कम्पनीले यो सिम ल्याएको हो।

पर्यटकले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलिङ गरिएको प्याकहरू लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार पर्यटकले करसहित सय रूपैयाँमा सिमसहित स्टार्टर प्याक लिन सक्नेछन्। उक्त प्याकमा पर्यटकले ३० रूपैयाँ मेन ब्यालेन्स र तीन दिन समयावधि भएको एक जीबी डेटा पाउने कम्पनीले जनाएको छ।

पर्यटकले आफ्नो नेपालको बसाइँ र सेवाको आवश्यकताअनुसार नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीनदेखि ३० दिनसम्म समयसीमा रहेका विभिन्न पाँच कम्बो प्याकमध्ये कुनै एक प्याक लिनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कम्बो प्याकहरूमा तीनदिने प्याकको करसहित २ सय ९० रूपैयाँ पर्छ।

यो प्याकमा ३० मिनेट अल नेटवर्क भ्वाइस र ३ जीबी डेटा भोल्युम हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार ७ जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाइस रहेको ७ दिने प्याकको करसहित ४ सय ९० रूपैयाँ तोकिएको छ। करसहित ९ सय ८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जीबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाइस बण्डल गरिएको प्याक लिनसक्ने छन्।

लामो समय नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक ३० दिने कम्बो प्याक लिन सक्ने छन्। कम्पनीका अनुसार २८ दिने प्याक अन्तर्गत पर्यटकले करसहित १ हजार ४ सय ७० रूपैयाँमा २८ जीबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाइस पाउँछन्।

त्यसैगरी ३० दिने प्याकअन्तर्गत करसहित २ हजार ८ सय ८८ रूपैयाँमा ८८ जीबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाइस सेवा पाउने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो सिम लिएपछि कम्बो प्याकका लागि एस्ट्रिक्स १७१०५ ह्यास डायल गरि सेवा सञ्चालन गर्न सकिन्छ।

यो सिम त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा रहेको एनसेलको काउन्टर र देशका विभिन्न स्थानमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरूबाट लिन सक्ने कम्पनीले जनाएको छ। सिम लिन पर्यटकले आफ्नो पासपोर्ट साइज एउटा फोटो र राहदानीको फोटोकपि बुझाउनु पर्ने कम्पनीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।