logo

टानद्वारा बेपत्ता कोरियाली नागरिक खोज्न आग्रह

    1230   पटक पढिएको

५ माघ / अर्थ र व्यापार - ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) ले अन्नपुर्ण बेस क्याम्पमा हराएका ४ जना कोरियाली नागरिक र तीन जना नेपालीलाई खोज्न यथाशीघ्र खोज्न अनुरोध गरेका छन् । हिमपहिरोका कारण तीन दिनसम्म सम्पर्क विहीन भएका पर्यटक र पथप्रदर्शकलाई यथासिघ्र खोजी गर्न टानले सम्बन्धित निकायलाई अनुरोध गरेका हुन् ।

टानले संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, कास्की जिल्ला प्रशासन कार्यलय, अन्नपूर्ण गाउँपालिका, नेपाल प्रहरी र पर्यटन प्रहरीलाई यथाशिघ्र खोजि गर्न आग्रह गरेका छन् ।

हिमपहिरोमा घाइते भएका एकजना चाइनिज नागरिक जाङ यीङ र एक जना पर्यटन सहयोगी जगदिश खत्रीलाई उद्धार गरेर पोखरा ल्याई फेवासिटी अस्पतालमा उपचार गराइरहेको छ । साथै १३० जना पदयात्रीहरुलाई उद्धार गरेर छुम्रुङ र पोखरामा सकुशल उद्धार गरिएकोमा टानले धन्यवाद समेत दिएका छन् । बेपत्ता भएका कोरियाली नागरिकमा जोङ पिल बोङ, लि मिन सु, चोइ ह्योवन र किम शोक्जा रहेका छन् । यसैगरी नेपालीहरुमा सरोज परियार, छिरिङ भोटे र मिनबहादुर लामा रहेका छन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।