logo

शुक्रबारदेखि कंलकीको अण्डरपास संचालनमा आउने

    1846   पटक पढिएको

३१ साउन/अर्थ र व्यापार– नेपालकै पहिलो ‘अण्डरपास वे’ कंलकीको भुमिगत बाटो भोली शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ ।
काठमाडौं चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले शुक्रबारदेखि अण्डरपास वे संचालनमा ल्याउने बताए । 

दुई वर्ष अघि चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले अण्डरपास निर्माण थालेको थियो । अण्डरपास संचालनमा आएपछि कंलकीको जाम कम हुने अपेक्षा गरिएको छ ।  

८ सय मिटरको यो बाटो कंलकी चोकबाट खसीबजार तर्फ चार सय र कंलकी चोकबाट सितापाइलातर्फ चार सय मिटर अण्डरपास छ । अण्डरपासको सडक पेन्टिङ र लेन छुट्याउने लगायतका काम भने बाँकी छ । 

अहिले बनिरहेको अण्डरपास’ चक्रपथ हिड्ने सवारीसाधनले प्रयोग गर्ने छ।अण्डरपास चार लेनमा निर्माण भैरहेको छ । दुईवटा लेन आउन र दुईवटा लेन जानका लागि प्रयोग हुन्छ । 

चक्रपथ परिक्रमा गर्दा अब कंलकी चोकमा रोकिनुपर्दैन् । कालीमाटीतिरबाट थानकोट जानरआउन अण्डरपासमाथि निर्माण भएको सडक प्रयोग हुनेछ ।

यो संगै कोटेश्वरकंलकी १०.४  किलोमिटर खण्ड विस्तारको कार्य अन्तिम चरणमा पुगेको चक्रपथ सुधार योजनाले जनाएको छ । आगामी दुई महिनाभित्रमा यो खण्डको सबै काम सकिने चक्रपथ सुधार योजना प्रमुख भण्डारीले बताए । बल्खुबाट कलंकीसम्म चिनियाँ सरकारको पाँच अर्ब रुपैयाँ अनुदानमा निर्माण भएको हो । 

चीन सरकारको ६ अर्ब अनुदानमा आगामी असोजबाट कंलकी–महाराजगंज ८.२ किमी खण्डको काम अघि बढाउन चीन र नेपाल सरकारकाबीच द्धिपक्षीय सम्झौता भैसकेको छ । 

हाल कंलकी–महाराजगंज खण्डको सडक सिमाभित्रपर्ने संरचना, घर, टहरा, खानेपानी, विद्युत, टेलिफोन लगायतका पोलहरु हटाउने काम भइरहेको छ ।  
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।